ईसाई धर्म
पछाडि

2 इतिहास 26

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब यहूदाका सारा मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए; अनि तिनलाई तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।

2अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि एलोतलाई पुनर्निर्माण गरेर त्यसलाई फेरि यहूदामा मिलाउने तिनी नै थिए।

3उज्जियाह राजा हुँदा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमकी थिइन्।

4तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

5आफूलाई परमेश्‍वरको भय राख्न सिकाउने जकरियाको समयमा अमस्याहले परमेश्‍वरको खोजी गरुन्जेल उहाँले तिनलाई सफलता दिनुभयो।

6तिनी पलिश्तीहरूको विरुद्धमा युद्ध गर्न गए; अनि गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए। त्यसपछि तिनले पलिश्तीहरूको बीचमा अश्दोद र छेउछाउका सहरहरू पुनर्निर्माण गरे।

7परमेश्‍वरले तिनलाई पलिश्तीहरू र गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।

8अम्मोनीहरूले उज्जियाहलाई सलामी तिरे। तिनको ख्याति इजिप्टको सीमासम्म फैलियो; किनकि तिनी अति सामर्थी भएका थिए।

9उज्जियाहले यरूशलेममा कुने मूलढोकामा, बेँसी मूलढोका र पर्खालको कुनामा धरहराहरू बनाए, र तिनले सहरलाई सुरक्षित पारे।

10तिनीसित तराई र मैदानमा धेरै गाईबस्तु भएकाले तिनले उजाडस्थानमा पनि धरहराहरू बनाए, र धेरै कुवाहरू खने। तिनी कृषिमा रुचि राख्दथे। यसैले तिनीसित तराईका खेत र पहाडका दाखबारीहरूमा काम गर्ने मानिसहरू थिए।

11उज्जियाहसित दल-दल गरी बाहिर जान तयार रहेका असल तालिम प्राप्‍त फौज थिए, जसलाई संख्याअनुसार सचिव यीएल र अधिकृत मासेयाहले एक जना राजकीय अधिकृत हनन्याहको अधीनमा भेला गर्थे।

12ती लडाकु मानिसहरूमाथि रहेका परिवारका मुखियाहरूको जम्मा संख्या दुई हजार छ सय थियो।

13तिनीहरूको अधीनमा युद्धको निम्ति तालिम पाएका र राजाका शत्रुहरूको विरुद्धमा तिनलाई सघाउने 3,07,500 मानिसहरू थिए।

14उज्जियाहले आफ्नो सम्पूर्ण फौजका निम्ति ढालहरू, भालाहरू, टोपहरू, झिलमहरू, धनुहरू र घुयेँत्रोका ढुङ्गाहरू प्रबन्ध गरिदिएका थिए।

15यरूशलेममा तिनले धरहराहरू र कुनाको सुरक्षामा प्रयोग गर्नका लागि आविष्कार गरिएका उपकरणहरू बनाएका थिए, ताकि सिपाहीहरूले तीरहरू हान्‍न र पर्खालहरूबाट ठूला-ठूला ढुङ्गाहरू हान्‍न सकून्। तिनको ख्याति चारैतिर टाढा-टाढासम्म फैलियो, किनकि तिनी शक्तिशाली नभएसम्म तिनले धेरै सहयोग पाइरहे।

16तर उज्जियाह सामर्थी भएपछि, तिनको अहङ्कारले तिनलाई पतन गरायो। तिनी याहवेह आफ्ना परमेश्‍वरप्रति अविश्‍वासी भए; अनि धूप-वेदीमा आफैँ धूप बाल्न तिनी परमेश्‍वरको भवनभित्र पसे।

17पुजारी अजर्याहले याहवेहका असी जना साहसी पुजारीहरूसित तिनलाई मन्दिरभित्रसम्म पछ्याए।

18तिनीहरूले तिनको विरोध गरेर भने, “हे राजा उज्जियाह, याहवेहका निम्ति धूप बाल्न तपाईंको काम होइन। यो काम धूप बाल्ने काममा पवित्र तुल्याइएका हारूनका सन्तान पुजारीहरूका निम्ति हो। तपाईंले विश्‍वासघात गर्नुभएको छ। यसकारण मन्दिरबाट बाहिर गइहाल्नुहोस्, र तपाईंले याहवेह परमेश्‍वरबाट सम्मान पाउनुहुनेछैन।”

19तर उज्जियाह राजा रिसाए; किनकि धूप बाल्नलाई भनी हातमा धूपदानी लिएका थिए। तिनी याहवेहको मन्दिरमा धूप वेदीको सामु पुजारीहरूसित रिसाउँदै गरेको बेला तिनको निधारमा कुष्‍ठरोग देखा पर्‍यो।

20मुख्य पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेरे, तब तिनको निधारमा कुष्‍ठरोग लागेको देखे; अनि तिनीहरूले तिनलाई हतार-हतार बाहिर निकालिदिए। याहवेहले तिनीमाथि विपत्ति पठाउनुभयो। त्यसकारण तिनी आफैँ पनि हतार गरेर निस्कन चाहन्थे।

21राजा उज्जियाह आफू नमरेसम्म कुष्‍ठरोगले ग्रसित भइरहे। तिनी कुष्‍ठरोगले ग्रसित भएर एउटा अलग्गै घरमा बस्‍न थाले। तिनलाई याहवेहको मन्दिरमा पनि प्रवेश निषेध गरियो। तिनका छोरा योतामलाई महलको जिम्मा सुम्पियो र तिनले देशवासीहरूमाथि शासन गर्न थाले।

22उज्जियाहको शासनकालका अरू घटनाहरूको विवरण, सुरुदेखि अन्त्यसम्म, आमोजका छोरा अगमवक्ता यशैयाले लेखेका छन्।

23उज्जियाह आफ्ना पुर्खाहरूसित सुते; अनि राजाहरू गाडिने ठाउँको चिहान नजिक गाडिए, किनकि मानिसहरूले “तिनी कुष्‍ठरोगी हुन्” भन्थे। तिनीपछि तिनका छोरा योताम राजा भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath