2 इतिहास 22
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अरबीहरूसित छाउनीमा लुटपाट गर्न आउनेहरूले यहोरामका सबै ठूला छोराहरूलाई मारिदिएका थिए। यसकारण यरूशलेमका मानिसहरूले तिनका कान्छा छोरा अहज्याहलाई तिनको ठाउँमा राजा तुल्याए। यसरी यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न थाले।
2राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनी थिइन्।
3तिनी पनि आहाबका घरानाकै चालहरूमा हिँडे; किनकि तिनकी आमाले तिनलाई दुष्ट काम गर्न उत्साह दिइन्।
4तिनले आहाबको घरानाले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनका खराब कामहरूमा सल्लाहकार भए।
5तिनी रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा योरामसित गए; अनि तिनीहरूका सल्लाहअनुसार हिँडे। अरामीहरूले योरामलाई घाइते बनाए।
6यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहोरामका छोरा यहूदाका राजा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए।
7योरामलाई भेट्न तिनी गएको कारण परमेश्वरले अहज्याहमाथि पतन ल्याउनुभयो। अहज्याह आइपुगेपछि तिनी योरामसित निम्शीका छोरा येहूलाई भेट्न बाहिर गए, जसलाई आहाबको घरानालाई नाश गर्न भनी याहवेहले नियुक्त गर्नुभएको थियो।
8येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए।
9त्यसपछि तिनी अहज्याहलाई खोज्न निस्के। तिनका मानिसहरूले तिनी सामरियामा लुकिरहेको बेला पक्रे। तिनी येहूकहाँ लगिए र तिनी मारिए। तिनीहरूले तिनलाई गाडेर भने, “तिनी याहवेहलाई सम्पूर्ण हृदयले खोज्ने यहोशापातका छोरा थिए।” यसरी त्यस राज्यलाई स्थिर राख्नलाई सामर्थ्य भएको कुनै व्यक्ति अहज्याहको घरानामा थिएन।
10अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, यसकारण तिनी यहूदाका सम्पूर्ण राज परिवारलाई नाश गर्न गइन्।
11तर राजा यहोरामकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका अरू राजकुमारहरूबाट चोरेर लगिन्। तिनी र तिनकी धाईलाई एउटा सुत्ने कोठामा राखिन्। राजा यहोरामकी छोरी र पुजारी यहोयादाकी पत्नी यहोशेबाचाहिँ अहज्याहकी दिदी भएकी हुनाले उनले बालकलाई अतल्याहबाट लुकाइन् र तिनले त्यसलाई मार्न सकिनन्।
12अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath