ईसाई धर्म
पछाडि

2 इतिहास 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दावीदका छोरा सोलोमनले आफ्नो राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे; किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो र तिनलाई अत्यन्तै शक्तिशाली बनाउनुभयो।

2सोलोमनले सारा इस्राएलीहरूसित कुरा गरे; हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसित, न्यायकर्ताहरू र इस्राएलमा भएका सबै अगुवाहरूसित र परिवारहरूका मुखियाहरूसित।

3सोलोमन र सारा समुदाय गिबोन डाँडामा गए; किनकि याहवेहका सेवक मोशाले उजाडस्थानमा बनाएका परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो।

4दावीदले किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक त्यसका निम्ति बनाइएको स्थानमा माथि ल्याएका थिए; किनभने तिनले त्यसका निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।

5तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएका काँसाको वेदीचाहिँ गिबोनमा याहवेहको समागम पालको सामु राखिएको थियो। त्यसकारण सोलोमन र त्यहाँ भेला भएकाहरू त्यहीँ गए।

6सोलोमन भेट हुने पालमा याहवेहको सामु काँसाको वेदीमा उक्लेर गए। तिनले त्यसमाथि एक हजार होमबलि चढाए।

7त्यही रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई सोध्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।”

8सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दावीदलाई ठूलो दया देखाउनुभएको छ, र मलाई उहाँको सट्टामा राजा बनाउनुभएको छ।

9अब हे याहवेह परमेश्‍वर, तपाईंले मेरा पिता दावीदसित गर्नुभएको प्रतिज्ञा दृढ गरिदिनुहोस्; किनकि तपाईंले मलाई पृथ्वीको धुलोजत्तिकै संख्या भएका जातिमाथि राजा बनाउनुभएको छ।

10मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्‍याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?”

11परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “यो तेरो हृदयको इच्छा भएकोले तैँले धन, सम्पत्ति र सम्मान अथवा न त तेरा शत्रुहरूको मृत्यु मागिस्, न त तैँले दीर्घायु मागिस्, तर मैले तँलाई राजा बनाएको, मेरा जातिमाथि शासन गर्नका निम्ति बुद्धि र ज्ञान मागिस्।

12यसकारण बुद्धि र ज्ञान तँलाई दिनेछु। म तँलाई तेरो अगि कुनै राजाले पनि नपाएको र तँपछि पनि कसैले नपाउने धन, सम्पत्ति र सम्मान पनि दिनेछु।”

13तब सोलोमन गिबोनको उच्‍च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे।

14सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।

15राजाले यरूशलेममा चाँदी र सुन ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।

16सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट आयात गरिन्थ्यो; अनि राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे।

17तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा, र एउटा घोडा एक सय पचास शेकेलमा किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath