2 इतिहास 19
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा सुरक्षित फर्के।
2हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न निस्के, र तिनले यहोशापात राजालाई भने, “के तपाईंले दुष्टलाई सघाएर याहवेहलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? यसकारण तपाईंको यो कार्यको कारण याहवेहको क्रोध तपाईंमाथि पर्नेछ।
3तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।”
4यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरतिर फर्काए।
5तिनले देशमा र यहूदाका प्रत्येक सुरक्षित सहरमा न्यायकर्ताहरू नियुक्त गरे।
6तिनले उनीहरूलाई भने, “तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ।
7अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्न।”
8यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे।
9तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू।
10सबै मुद्दा, जो सहरमा बस्ने तिमीहरूका सङ्गी नागरिकहरूबाट तिमीहरूका सामु आउँछन्, ती मुद्दाहरू हत्यासम्बन्धी होऊन् वा व्यवस्था वा आज्ञा, धर्मविधि वा नियमहरूका विरुद्धमा होऊन्, तिमीहरूले तिनीहरूलाई याहवेहको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू; नत्रता तिमीहरू र तिमीहरूका मानिसहरूमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।
11“याहवेहसम्बन्धी कुनै पनि विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि हुनेछन्। अनि राजासम्बन्धी कुनै पनि विषयमा इश्माएलका छोरा जबदियाह, यहूदाको कुलका अगुवा तिमीहरूमाथि हुनेछन्; र लेवीहरू तिमीहरूका सामु अधिकृतको रूपमा सेवा गर्नेछन्। साहससित काम गर्नू र असल गर्नेहरूसित याहवेह रहून्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath