2 इतिहास 17
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले आफूलाई इस्राएलको विरुद्धमा बलियो बनाए।
2तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सैन्य दलहरू राखे; अनि यहूदामा र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा सैन्य छाउनीहरू राखे।
3याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्।
4तर आफ्ना पिताका परमेश्वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे।
5याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो।
6तिनको हृदय याहवेहका मार्गहरूमा लागेको थियो। यसबाहेक तिनले यहूदाबाट अग्ला देवस्थानहरू र अशेरा देवीका खम्बाहरू हटाइदिए।
7आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए।
8तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए।
9तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए।
10यहूदाका चारैतिरका सबै राज्यहरूमा याहवेहको डर छायो। यसकारण तिनीहरूले यहोशापातसित युद्ध गरेनन्।
11केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए।
12यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्लाहरू र भण्डार गर्ने सहरहरू बनाए
13यहूदाका सहरहरूमा धेरै खाद्यान्न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे।
14परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो: यहूदाबाट दलका सेनापतिहरू एक हजार: सेनापति अदनाह, जससित तीन लाख लडाकु मानिसहरू थिए;
15त्यसपछि येहोहानान र तिनको साथमा दुई लाख असी हजार मानिसहरूका सेनापति थिए।
16त्यसपछि जिक्रीका छोरा अमसिया, जसले याहवेहका सेवाको निम्ति आफूलाई स्वेच्छापूर्वक दिएका थिए; अनि तिनको साथमा दुई लाख लडाकु मानिसहरू थिए।
17बेन्यामीनबाट: एक जना वीर सिपाही एल्यादा, जससित धनु र ढाल बोकेका दुई लाख लडाकु मानिसहरू थिए।
18त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए।
19राजाको सेवा गर्ने मानिसहरू यिनीहरू नै थिए। यी मानिसहरू यहूदाभरिका सुरक्षित सहरहरूभित्र राखिएकाहरू बाहेकका थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath