ईसाई धर्म
पछाडि

2 इतिहास 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1परमेश्‍वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो।

2तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, “हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।

3धेरै दिनसम्म इस्राएल सत्य परमेश्‍वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो।

4तर जब तिनीहरू आफ्नो सङ्कष्‍टमा याहवेह, इस्राएलका परमेश्‍वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो।

5ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए।

6परमेश्‍वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो।

7तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।”

8आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।

9त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए।

10तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए।

11त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए।

12तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोजी गर्न भनी करार बाँधे।

13याहवेह, इस्राएलका परमेश्‍वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो।

14तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए।

15तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्‍वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।

16राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।

17तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।

18तिनले परमेश्‍वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।

19आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath