ईसाई धर्म
पछाडि

2 इतिहास 12

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले याहवेहको व्यवस्था त्यागे।

2तिनीहरू याहवेहप्रति अविश्‍वासी भएको कारण इजिप्टका राजा शीशकले राजा रहबामको पाँचौँ वर्षमा यरूशलेममाथि आक्रमण गर्दा,

3बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्‍किया र कूशीहरूका असंख्य दलहरू थिए।

4तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए।

5तब अगमवक्ता शमायाह रहबाम र यहूदाका अगुवाहरूकहाँ आए, जो शिशकको डरले यरूशलेममा भेला भएका थिए, र तिनले उनीहरूलाई भने, “याहवेहले यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले मलाई त्याग्यौ; यसैकारण अब मैले तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु।’ ”

6इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।”

7तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन।

8तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्‍नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।”

9इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरेपछि याहवेहको भवनका भण्डारका सबै चीजहरू र राजमहलका भण्डारका सामानहरू तिनले लगेर गए। सोलोमनले बनाएका सुनका ढालहरूसहित हरेक कुराहरू तिनले लगे।

10यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।

11राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।

12रहबामले आफूलाई विनम्र तुल्याएकाले याहवेहको क्रोध तिनीबाट हट्यो र तिनी सम्पूर्ण रूपले नाश भएनन्। अवश्य पनि यहूदामा केही असल कुरा थिए।

13राजा रहबामले आफूलाई यरूशलेममा दृढतापूर्वक स्थापित गरेर राज्य गरिरहे। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।

14रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्‍टता गरे।

15रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्‍यो।

16रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath