1 तिमोथी 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यो वचन विश्वासयोग्य छ: यदि कसैले अध्यक्ष हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ।
2अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ।
3मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ।
4तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ।
5यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र?
6तिनी भर्खर विश्वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्।
7तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।
8यसै गरी सेवकहरू पनि आदर पाउन योग्यका, दुईजिब्रे नहुने, मद्यपान नगर्ने, र अनुचित लाभ नखोज्ने हुनुपर्छ।
9तिनीहरूले विश्वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ।
10पहिले तिनीहरूका जाँच हुनुपर्छ; यदि तिनीहरूका विरुद्धमा केही दोष पाइएन भने तिनीहरूले सेवक भएर सेवा गरून्।
11त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्वासयोग्य हुनुपर्छ।
12सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ।
13जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्ठा र ख्रीष्ट येशूमा भएका तिनीहरूका विश्वासमा महान् निश्चयता पाउनेछन्।
14म तिमीकहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु।
15यदि म आउन ढिलो भएँ भने तापनि परमेश्वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्न सक।
16विनाशङ्का यो भन्न सकिन्छ, भक्तिको रहस्य महान् छ: उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो, पवित्र आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो, र संसारमा उहाँलाई विश्वास गरियो, महिमामा माथि लगिनुभयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath