1 तिमोथी 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्।
2हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्।
3यो असल हो र हाम्रा मुक्तिदाता परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
4उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ।
5किनकि परमेश्वर एउटै हुनुहुन्छ; अनि परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्ट येशू,
6जसले सबैका छुटकाराको मोलको निम्ति आफैँलाई सुम्पिदिनुभयो, जुन कुराको साक्षी ठिक समयमा दिइयो।
7अनि यही उद्देश्यले म एउटा प्रचारक र प्रेरित नियुक्त भएँ। म सत्य बोल्दछु र झूट बोल्दिनँ; गैरयहूदीहरूलाई विश्वास र सत्यताको शिक्षा दिनको निम्ति नियुक्त गरिएको छु।
8यसकारण सबै ठाउँमा विनाक्रोध र विनाविवाद प्रार्थनामा पुरुषहरूले पवित्र हातहरू उठाऊन् भन्ने म चाहन्छु।
9त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन।
10तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।
11स्त्रीले पूर्ण अधीनमा बसेर चुपचापसित सिकोस्।
12स्त्रीले पुरुषलाई सिकाउने वा अधिकार गर्ने अनुमति म दिन्नँ; तर ऊ चुपचाप नै रहोस्।
13किनकि पहिला आदम बनाइएका थिए, त्यसपछि हव्वा।
14आदम छलिएका होइनन्, तर स्त्री पो बहकाउमा परेर आज्ञा भङ्ग गरेकी हुन्।
15यदि विश्वास, प्रेम र भद्रतापूर्ण पवित्रतामा लागिरहिन् भने स्त्रीहरू बालक जन्मद्वारा बचाइनेछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath