ईसाई धर्म
पछाडि

1 थेसलोनिकी 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौँ; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौँ।

2किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौँ, सो तिमीहरू जान्दछौ।

3परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस।

5तिमीहरू परमेश्‍वरलाई नचिन्‍नेहरूजस्ता कामुकताको कामवासनामा नबस।

6यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ।

7किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो।

8यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्‍वरलाई नै इन्कार गर्छ।

9अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्‍वरबाट सिकेका छौ।

10वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्‍वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ।

11तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर,

12ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्।

13हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर।

14किनकि हामी विश्‍वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्‍वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।

15प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौँ, कि हामी जो अझ जीवित छौँ, र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ; हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्‍नेछैनौँ।

16किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको सोरसँगै स्वर्गबाट ओर्लिआउनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्।

17त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।

18यसकारण एक-अर्कालाई यी वचनहरूले उत्साह देओ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath