ईसाई धर्म
पछाडि

1 थेसलोनिकी 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसकारण जब हामी सहन नसक्ने भयौँ, तब एथेन्समै बस्‍ने निर्णय गर्‍यौँ।

2हामीले तिमोथीलाई पठायौँ, जो हाम्रा भाइ र परमेश्‍वरको सेवामा ख्रीष्‍टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्‍वास बलियो बनाउन र उत्साह दिनलाई पठायौँ,

3ताकि यी कष्‍टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौँ।

4वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौँ भनेर हामीले तिमीहरूलाई भनेका थियौँ। अनि हामीले जे भनेका थियौँ, त्यही नै भयो भन्‍ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ।

5यसकारण तिमीहरूको बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्‍ने डरले तिमीहरूको विश्‍वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ।

6तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्‍वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैँ हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौँ; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्ने उत्कट इच्छा राखेका छौ भन्‍ने खबर तिनले दिएका छन्।

7यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ।

8तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ।

9तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्‍वरलाई कसरी पर्याप्‍त रूपमा धन्यवाद चढाउन सक्छौँ र?

10हामीले तिमीहरूलाई फेरि भेट्न सकौँ र तिमीहरूका विश्‍वासमा कमी भएको कुरा पूरा गर्न सकौँ भनेर हामीले उत्सुकताका साथ रातदिन प्रार्थना गरिरहेका छौँ।

11हाम्रा परमेश्‍वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदेऊन्।

12जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्।

13हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्‍वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath