1 शमूएल 5
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्याए।
2तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे।
3भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे।
4अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो।
5यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्।
6अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले सताउनुभयो।
7जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने, “इस्राएलको देवताको सन्दुक हामीसँग यहाँ राख्नुहुँदैन; किनकि उहाँको बाहुलीको भार हामी र हाम्रो देवता दागोनमाथि परेको छ।”
8यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए, र तिनीहरूलाई सोधे, “हामीले इस्राएलका देवताको सन्दुकलाई के गरौँ?” तिनीहरूले जवाफ दिए, “इस्राएलको देवताको सन्दुकलाई गातमा पठाइदेओ।” यसकारण तिनीहरूले परमेश्वरको सन्दुकलाई गातमा सारे।
9तर तिनीहरूले त्यसलाई सारेपछि याहवेहको बाहुली त्यस सहरको विरुद्धमा उठ्यो; र तिनीहरूमा ठूलो आतङ्क फैलियो। उहाँले त्यस सहरका मानिसहरू, जवान र वृद्ध दुवैमाथि गिर्खाहरू पठाइदिनुभयो।
10यसकारण तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाइदिए। परमेश्वरको सन्दुक एक्रोनमा प्रवेश गरिरहेको बेला एक्रोनका मानिसहरू यसो भनेर रोए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्न इस्राएलको देवताको सन्दुक हामीकहाँ ल्याएका छन्।”
11यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलको देवताको सन्दुक फर्काइदेओ; त्यसको आफ्नै ठाउँमा फर्काइदेओ, नत्रता यसले हामी र हाम्रा मानिसहरूलाई मार्नेछ।” मृत्युको कारण त्यस सहर आतङ्कले भरिएको थियो। परमेश्वरको बाहुलीको भार त्यसमाथि परेको थियो।
12जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath