ईसाई धर्म
पछाडि

1 शमूएल 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो।

2एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए।

3परमेश्‍वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए।

4तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।”

5अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के।

6याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” एलीले भने, “मेरो छोरा, मैले तँलाई बोलाएको होइनँ; जा, गएर सुत्।”

7तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन।

8तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए।

9यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के।

10याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।”

11याहवेहले शमूएललाई भन्‍नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्‍नेहरूका कान झन्झनाउनेछन्।

12त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु।

13किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्‍वरलाई निन्दा गर्दैछन् भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन।

14यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्‍चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ”

15शमूएल बिहानसम्मै ढल्किरहे, र त्यसपछि याहवेहको भवनका ढोकाहरू खोले। एलीलाई दर्शनको बारेमा भन्‍न उनी डराए,

16तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।”

17एलीले तिनलाई सोधे, “उहाँले तँलाई के भन्‍नुभयो? मसँग नलुका। उहाँले तँलाई भन्‍नुभएको कुनै पनि कुरा यदि तैँले मसँग लुकाइस् भने उहाँले तँसँग कठोर व्यवहार गरून्।”

18यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यही गरून्।”

19जब शमूएल बढ्दै गए, तब याहवेह तिनीसित हुनुहुन्थ्यो, र उहाँले शमूएलको एउटै पनि वचन व्यर्थ जान दिनुभएन।

20अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएललाई याहवेहका अगमवक्ता भनी चिने।

21याहवेह शीलोमा निरन्तर देखा पर्नुभयो; र त्यहाँ उहाँले वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath