1 शमूएल 27
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तर दावीदले यस्तो विचार गरे, “कुनै न कुनै दिन म शाऊलको हातबाट नष्ट हुनेछु। मेरा निम्ति पलिश्तीहरूको देशमा उम्केर जानु नै बेश हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोज्न छोड्नेछन्, र म तिनको हातबाट उम्कनेछु।”
2यसकारण दावीद र तिनीसँग भएका छ सय मानिसहरू गात सहरको राजा माओकका छोरा आकीशकहाँ गए।
3दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्।
4जब दावीद गातमा भागेर गएको कुरा शाऊललाई बताइयो, तब तिनले उनलाई खोज्न छोडिदिए।
5तब दावीदले आकीशलाई भने, “यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई कुनै नगरमा एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बसोबास गर्न सकूँ। तपाईंको सेवक तपाईंसँग राजकीय सहरमा किन बस्नू?”
6यसकारण त्यस दिन आकीशले तिनलाई सिक्लग दिए; अनि त्यस समयदेखि उसो त्यो ठाउँ यहूदाका राजाहरूको भयो।
7दावीद पलिश्तीहरूको प्रान्तमा एक वर्ष चार महिना बसे।
8त्यसपछि दावीद र तिनका मानिसहरू गए, र गेशूरी, गिज्री र अमालेकीहरूलाई लुटपाट गरे। (यी मानिसहरू प्राचीन समयदेखि नै शूर र इजिप्टसम्म फैलिएको भूमिमा बस्दै आएका थिए।)
9दावीदले जहाँ-जहाँ आक्रमण गरे, तिनले एउटै पनि पुरुष अथवा स्त्रीलाई जिउँदा छाडेनन्, तर भेडाहरू र गाईबस्तुहरू, गधाहरू, ऊँटहरू, र लुगाहरू लुटेर लगे। त्यसपछि तिनी आकीशकहाँ फर्किए।
10जब आकीशले तिनलाई सोध्थे, “तिमीले आज कतातिर लुटपाट गर्यौ?” तब दावीदले जवाफ दिन्थे, “यहूदाको दक्षिणी इलाकामा” अर्थात् “यरहमेलीको दक्षिणमा” अथवा “केनीहरूको दक्षिणी इलाकामा गएको थिएँ भनी भन्दथे।”
11तिनले गातमा ल्याउनलाई एउटै पनि पुरुष वा स्त्रीलाई जिउँदा छाडेनन्। किनकि तिनले, “तिनीहरूले हाम्रो बारेमा, ‘दावीदले हामीलाई यसो गर्यो’ भनेर सूचना देलान्” भन्ने सोच्थे। अनि तिनले पलिश्तीहरूका इलाकामा बसुन्जेल यस्तै गरिरहे।
12आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्नेछन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath