ईसाई धर्म
पछाडि

1 शमूएल 26

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जीपका केही मानिसहरू गेबामा शाऊलकहाँ गएर भने, “दावीद यशीमोनको सामु भएको हकीलाहको डाँडामा लुकेर बसेका छन्।”

2यसकारण शाऊल दावीदलाई खोज्न भनी इस्राएलका आफ्ना चुनिएका तीन हजार मानिसहरूलाई लिएर जीपको उजाडस्थानमा गए।

3शाऊलले यशीमोनतिर फर्केको हकीलाहको डाँडा छेउमा आफ्नो छाउनी हाले; तर दावीदचाहिँ उजाडस्थानमै बसे। जब शाऊलले आफूलाई त्यहाँसम्म पछ्याएको दावीदले थाहा पाए,

4तब तिनले जासुसहरू पठाए, र शाऊल साँच्‍चै आएका रहेछन् भन्‍ने पत्ता लगाए।

5त्यसपछि दावीद निस्किए, र शाऊलले छाउनी हालेको ठाउँमा गए। तिनले शाऊल र नेरका छोरा, अर्थात् सेनाका सेनापति अबनेर सुतेको ठाउँ देखे। शाऊलचाहिँ छाउनीभित्र सुतिरहेका थिए। तिनको चारैतिर फौजले घेरेका थिए।

6तब दावीदले हित्ती अहीमेलेक र योआबको दाजु, अर्थात् सरूयाहका छोरा अबीशैलाई सोधे, “मसँग शाऊलको छाउनीभित्र को जान्छ?” तब अबीशैले भने, “तपाईंसँग म जानेछु।”

7यसकारण दावीद र अबीशै राति नै सेनाहरूकहाँ गए। शाऊल आफ्नो सिरानीनिर भुइँमा आफ्नो भाला गाडेर छाउनीभित्र सुतिरहेका भेट्टाए। अबनेर र सिपाहीहरूचाहिँ तिनको चारैतिर ढल्किरहेका थिए।

8तब अबीशैले दावीदलाई भने, “आज परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ। अब मलाई मेरो भालाले यिनलाई भुइँसम्मै रोपिने गरी प्रहार गर्न अनुमति दिनुहोस्। मैले यिनलाई दोस्रोपल्ट प्रहार गर्नु पर्नेछैनँ।”

9तर दावीदले अबीशैलाई भने, “शाऊललाई नमार्नू! याहवेहको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिँ निर्दोष रहन सक्ला र?”

10दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्‍ट हुनेछन्।

11तर याहवेहको अभिषिक्त जनमाथि हात उठाउनदेखि मलाई याहवेहले रोकून्। तर तिनको सिरानीनिर भएको भाला र पानीको सुराहीचाहिँ लिऔँ र हामी जाऔँ।”

12यसकारण दावीदले शाऊलको सिरानीनिर भएको भाला र पानीको सुराही लिएर तिनीहरू गए। यो कुरा कसैले पनि देखेनन्, न त यस बारेमा कसैलाई थाहा भयो, न कोही नै बिउँझे। तिनीहरू सबै जना सुतिरहेका थिए। किनकि याहवेहले तिनीहरूलाई मस्त निद्रामा पार्नुभएको थियो।

13त्यसपछि दावीद अर्को डाँडापट्टि पार गरेर गए, र डाँडाको टुप्पामा टाढा उभिए। तिनीहरू एक-अर्कादेखि धेरै टाढा थिएनन्।

14दावीदले सेना र नेरका छोरा अबनेरलाई हपारेर भने, “हे अबनेर, के तिमी मलाई जवाफ दिँदैनौ?” तब अबनेरले जवाफ दिए, “राजालाई बोलाउने तिमी को हौ?”

15दावीदले भने, “अबनेर, के तिमी एक महान् पुरुष होइनौ र? अनि इस्राएलमा तिमीजस्तै अरू को छ र? तिमीले तिम्रा मालिक राजाको सुरक्षा किन गरेनौ? तिम्रा मालिक राजालाई मार्न कोही आएको थियो।

16तिमीले जे गर्‍यौ, त्यो ठिक होइन। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चित रूपमा तिमी र तिम्रा मानिसहरू मारिनैपर्छ। किनकि तिमीहरूले आफ्ना मालिक, अर्थात् याहवेहको अभिषिक्त जनको रक्षा गरेनौ। तिम्रो वरिपरि हेर। राजाको सिरानीनिर भएको उहाँका भाला र पानीको सुराही कहाँ छ?”

17तब शाऊलले दावीदको सोर चिनेर भने, “हे मेरा छोरा दावीद, के यो तिम्रो सोर हो?” दावीदले भने, “हे मेरा मालिक, मेरा राजा, यो मेरै सोर हो।”

18तिनले फेरि भने, “मेरा मालिकले आफ्नो सेवकलाई किन खेद्‌दैहुनुहुन्छ? मैले के गरेको छु, र म कुन कुराको दोषी छु र?

19अहिले मेरा मालिक राजाले आफ्नो सेवकको कुरा सुन्‍नुहोस्। यदि याहवेहले तपाईंलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको छ भने उहाँले भेटी ग्रहण गरून्। तर यदि योचाहिँ मानिसहरूले गरेको हो भने तिनीहरू याहवेहको सामु श्रापित होऊन्! आज मलाई तिनीहरूले याहवेहको उत्तराधिकारमा भएको मेरो घरबाट खेदेर यसो भनेका छन्, ‘जाऊ, अरू देवी-देवताहरूको सेवा गर।’

20अब मेरो रगत याहवेहको उपस्थितिबाट टाढा रहेको देशमा खस्‍न नदिनुहोस्। पहाडतिरका तित्रा चराको शिकार गर्न निस्केझैँ, इस्राएलका राजा एउटा उपियाँलाई खोज्न निस्किआउनुभएको छ।”

21तब शाऊलले भने, “मैले पाप गरेको छु। हे मेरा छोरा दावीद, फर्केर आऊ! किनकि तिमीले मेरो जीवनलाई आज बहुमूल्य ठानेका छौ। अब उसो म फेरि तिमीलाई हानि गर्ने कोसिस गर्नेछैनँ। वास्तवमै मैले एउटा मूर्खले जस्तै काम गरेको छु; अनि अति ठूलो भूल गरेको छु।”

22दावीदले जवाफ दिए, “राजाको भाला यहाँ छ। तपाईंको कुनै जवान मानिस आएर यो लैजाओस्।

23याहवेहले हरेक मानिसहरूलाई तिनीहरूको धार्मिकता र विश्‍वासयोग्यताको निम्ति प्रतिफल दिनुहुन्छ। आज याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो। तर मैले याहवेहको अभिषिक्त जनमाथि आफ्नो हात उठाइनँ।

24आज मैले तपाईंको प्राणलाई बहुमूल्य ठानेझैँ याहवेहले मेरो प्राणलाई पनि बहुमूल्य ठानेर मलाई सबै विपत्तिबाट बचाऊन्।”

25त्यसपछि शाऊलले दावीदलाई भने, “हे मेरा छोरा दावीद, तिमी धन्यका हौ। तिमीले महान् कामहरू गर्नेछौ, र निश्‍चय नै विजयी हुनेछौ।” यसकारण दावीद आफ्नो बाटो लागे, र शाऊलचाहिँ आफ्नो घर फर्के।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath