ईसाई धर्म
पछाडि

1 शमूएल 23

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब दावीदलाई यो कुरा सुनाइयो, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाहको विरुद्धमा युद्ध गर्दैछन्, र तिनीहरूले खलाहरू लुटिरहेका छन्,”

2तब दावीदले याहवेहसँग सल्‍लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “हुन्छ जा, गएर पलिश्तीहरूलाई आक्रमण गर्, र कीलाहलाई बचा।”

3तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!”

4दावीदले एक पटक फेरि याहवेहसँग सल्‍लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।”

5यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्‍याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए।

6(अनि अहीमेलेकको छोरा अबीयाथारले चाहिँ भागेर दावीदकहाँ कीलाहमा आउँदा आफूसँग एपोद लिएर आएका थिए।)

7दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्‍वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।”

8अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए।

9जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।”

10दावीदले भने, “याहवेह इस्राएलका परमेश्‍वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्‍ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ।

11के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।” याहवेहले भन्‍नुभयो, “अवश्य, शाऊल आउनेछ।”

12फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?” याहवेहले भन्‍नुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।”

13यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्।

14दावीद उजाडस्थानका किल्‍लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्‍वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन।

15जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए।

16तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्‍वरमा सामर्थ्य पाउन उत्साह दिए।

17जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।”

18दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे।

19जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्‍लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र?

20अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।”

21शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्।

22जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्‍ने कुरा मैले सुनेको छु।

23त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्‍का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।”

24यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए।

25शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए।

26शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे,

27तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।”

28तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत भने।

29दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath