ईसाई धर्म
पछाडि

1 शमूएल 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दावीद नोबमा पुजारी अहीमेलेमकहाँ गए। तिनलाई भेटेर अहीमेलेक काँपे, र सोधे, “तपाईं किन यहाँ एकलै आउनुभयो? तपाईंसँग किन कोही पनि छैन?”

2दावीदले पुजारी अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई कुनै विशेष कामले पठाउनुभएको छ, र मलाई भन्‍नुभएको छ, ‘तिम्रो काम र मेरो आदेशको बारेमा कसैलाई थाहा नहोस्।’ मेरा मानिसहरूको बारेमा चाहिँ मैले तिनीहरूलाई एउटा विशेष ठाउँमा मलाई भेट्न भनेको छु।

3अब भन्‍नुहोस्, तपाईंसँग के छ? मलाई पाँच वटा रोटी, अर्थात् तपाईंसँग जे छ, त्यही दिनुहोस्।”

4तर पुजारीले दावीदलाई भने, “मसँग कुनै साधारण रोटीहरू त छैनन्, केही पवित्र रोटीहरू मात्र छन्—तर यी खाने जवान मानिसहरूले आफूलाई स्त्रीसँगको सम्बन्धबाट अलग राखेको हुनुपर्छ।”

5दावीदले भने, “निश्‍चिन्त हुनुहोस्, जब म बाहिर निस्कन्छु, तब सदाझैँ स्त्रीहरू हामीदेखि अलग नै हुन्छन्। मानिसहरू साधारण कामहरूमा त पवित्र हुन्छन् भने आज त झन् कति पवित्र छन्!”

6यसकारण त्यहाँ अरू रोटी नभएको कारण पुजारीले तिनलाई ती पवित्र रोटीहरू दिए। किनकि त्यही दिन याहवेहको सामुबाट पुराना रोटी हटाइएका थिए, र ताजा रोटी चढाइएका थिए।

7त्यस दिन त्यहाँ शाऊलको एक जना सेवक पनि थियो, जसलाई याहवेहको सामु रोकेर राखिएको थियो। त्यो शाऊलको मुख्य गोठालो एदोमी दोएग थियो।

8दावीदले अहीमेलेकलाई सोधे, “के तपाईंसँग यहाँ कुनै तरवार अथवा भाला छ? राजाको काम जरुरी भएको कारणले गर्दा मैले आफ्नो तरवार, अर्थात् मेरा कुनै पनि हतियारहरू लिएर आउन पाइनँ।”

9पुजारीले जवाफ दिए, “तपाईंले एलाको बेँसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार यहाँ छ। त्यस तरवारलाई कपडाले बेह्रेर एपोदको पछिल्तिर राखिएको छ। यदि तपाईं चाहनुहुन्छ भने यही लानुहोस्; किनकि यहाँ योबाहेक अरू तरवार छैन।” दावीदले भने, “योजस्तो तरवार अरू छँदैछैन; मलाई यही दिनुहोस्।”

10त्यस दिन दावीद शाऊलदेखि भागे, र गात सहरका राजा आकीशकहाँ गए।

11तर आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी त्यस देशका राजा दावीद होइनन् र? के यिनी तिनै व्यक्ति होइनन्, जसको बारेमा तिनीहरूले नाच्दै यसो भन्दै गाएका थिए?” शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले लाखौँ-लाखलाई मारे।

12दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए।

13यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे।

14तब आकीशले आफ्ना नोकरहरूलाई भने, “यस मानिसलाई हेर त! यो त बहुला पो रहेछ! यसलाई किन मकहाँ ल्यायौ?

15के मसँग बहुलाहरूको खाँचो छ, र यसलाई मेरो सामु ल्याउँछौ? के यस्तो मानिस मेरो घरमा आउनैपर्छ?”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath