1 शमूएल 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे।
2त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्।
3जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे।
4जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए।
5शाऊलले दावीदलाई जे-जे काम गर्न दिए, तिनले ती सबै काममा सफलता पाए। त्यसैले शाऊलले तिनलाई सेनाको उच्च पदमा नियुक्त गरे। यस विषयमा सबै मानिसहरू र शाऊलका अधिकृतहरू पनि खुशी भए।
6दावीदले पलिश्तीहरूलाई मारिसकेपछि, जब मानिसहरू घर फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सहरहरूबाट आनन्दका गीतहरू गाउँदै, नाच्दै, खैँजडी र सारङ्गी बजाउँदै राजा शाऊललाई भेट गर्न निस्केर आए।
7तिनीहरूले नाच्दै यसरी गीत गाए: “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले त लाखौँ-लाखलाई मारे।”
8त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्त गर्नु बाँकी रह्यो र।”
9अनि त्यस बेलादेखि उसो शाऊलले दावीदलाई डाहको दृष्टिले हेर्न थाले।
10भोलिपल्ट परमेश्वरतर्फको एउटा हानिकारक आत्मा शक्तिशाली रूपमा शाऊलमाथि आयो। तिनी आफ्नो घरमा अगमवाणी बोलिरहेका थिए। दावीदले सधैँझैँ वीणा बजाइरहेका थिए। शाऊलको हातमा एउटा भाला थियो।
11“दावीदलाई भित्तामा उनिने गरी प्रहार गर्नेछु,” भनी मनमनै तिनले सोचेर भाला हाने, तर दावीद दुई पटक तिनीबाट तर्के।
12शाऊल दावीददेखि डराउन थाले; किनकि याहवेह तिनको साथमा हुनुहुन्थ्यो। तर शाऊललाई चाहिँ छोडिसक्नुभएको थियो।
13यसकारण तिनले दावीदलाई आफूदेखि टाढा पठाइदिए। अनि तिनलाई एक हजार सेनाहरूमाथिका सेनापति बनाइदिए; अनि दावीदले सेनाहरूलाई युद्धहरूमा नेतृत्व गरे।
14तिनले गरेको जुनसुकै काममा पनि तिनले ठूलो सफलता पाए। किनकि याहवेह तिनीसँग हुनुहुन्थ्यो।
15जब शाऊलले तिनलाई सफलता पाएको देखे, तब उनी दावीदसँग अझ धेरै डराउन थाले।
16तर सारा इस्राएल र यहूदाले चाहिँ दावीदलाई प्रेम गर्थे; किनकि उनीहरूलाई युद्धहरूमा तिनले नेतृत्व गर्दथे।
17तब शाऊलले दावीदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म यसलाई तिमीसँग विवाह गरिदिनेछु। तिमीले केवल वीरतासाथ मेरो सेवा गर, र याहवेहको युद्ध गर।” किनकि शाऊलले मनमनै भने, “म यसको विरुद्धमा हात उठाउनेछैन। तर पलिश्तीहरूले नै त्यो काम गरून्!”
18तर दावीदले शाऊललाई भने, “म को हुँ र? अनि मेरो परिवार अथवा मेरो वंश इस्राएलमा को हुन् र, म राजाका जुवाइँ हुन सक्छु?”
19यसकारण जब शाऊलकी छोरी मेराबको दावीदसँग विवाह गर्ने बेला आयो, तब तिनलाई महोलाती अद्रीएलसँग विवाह गरिदिए।
20अब शाऊलकी छोरी मीकलले चाहिँ दावीदलाई प्रेम गर्थिन्। अनि जब तिनीहरूले यो कुरा शाऊललाई बताए, तब तिनी खुशी भए।
21तिनले यसरी सोचे, “म दावीदलाई मीकल दिनेछु, ताकि यो उसको निम्ति एउटा पासो बनोस्, र पलिश्तीहरूको हात त्यसको विरुद्धमा उठोस्।” यसकारण शाऊलले दावीदलाई भने, “अब तिमीलाई दोस्रोचोटि मेरो जुवाइँ हुने मौका मिलेको छ।”
22तब शाऊलले आफ्ना सेवकहरूलाई हुकुम दिए: “दावीदलाई एकलै बोलाएर भन, ‘हेर्नुहोस्, राजा तपाईंसँग खुशी हुनुहुन्छ; अनि उहाँका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन्। अब तपाईं राजाको जुवाइँ बन्नुहोस्!’ ”
23तब शाऊलका मानिसहरू गएर दावीदलाई ती कुराहरू भनिदिए। तर दावीदले भने, “के राजाको जुवाइँ हुनु चानचुने कुरा हो भनी तिमीहरू सम्झन्छौ? म त एउटा गरिब मानिस हुँ, र साधारण मानिस मात्र हुँ।”
24जब शाऊलका सेवकहरूले तिनलाई दावीदले भनेका कुरा सुनाइदिए,
25तब शाऊलले जवाफ दिए, “दावीदलाई यसो भन, ‘राजाले दुलहीको मूल्यको निम्ति शत्रुहरूलाई बदला लिन पलिश्तीहरूका एक सय खलडीबाहेक अरू केही चाहनुहुन्न।’ ” शाऊलको योजनाचाहिँ पलिश्तीहरूको हातबाट दावीद मारियोस् भन्ने थियो।
26जब ती सेवकहरूले दावीदलाई यी कुरा सुनाए, तब तिनी राजाका जुवाइँ हुन राजी भए। यसकारण तोकिएको समय पूरा हुन अगि नै,
27दावीद आफ्ना सेनाहरू लिएर निस्के; र दुई सय पलिश्तीहरूलाई मारे। अनि तिनीहरूका खलडीहरू ल्याए। दावीद राजाको जुवाइँ हुन सकून् भनेर तिनीहरूले ती सबै गन्ती गरे। त्यसपछि शाऊलले आफ्नी छोरी मीकललाई दावीदसँग विवाह गरिदिए।
28जब राजा शाऊलले दावीदसँग याहवेह हुनुहुँदोरहेछ र मीकलले पनि तिनलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाए,
29तब शाऊल दावीदसँग झन् धेरै डराउन थाले। अनि तिनी आफ्नो बाँकी जीवनभरि नै दावीदको शत्रु बनिरहे।
30पलिश्ती सेनापतिहरू लडाइँ गर्न निस्किरहन्थे। अनि जतिपल्ट तिनीहरूले हमला गर्थे, त्यति नै शाऊलका अरू अधिकृतहरूभन्दा दावीदले बढी सफलता पाउँथे। यसरी तिनको नाम अति प्रसिद्ध भयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath