ईसाई धर्म
पछाडि

1 शमूएल 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1शाऊल राजा हुँदा तीस वर्षका थिए। तिनले इस्राएलमाथि बयालीस वर्षसम्म राज्य गरे।

2शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए।

3जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए।

4यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो।

5पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले।

6जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्‍टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके।

7कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए।

8शमूएलले निर्देशन दिएझैँ सात दिनसम्म शाऊलले पर्खे; तर शमूएल गिलगालमा आएनन्। अनि शाऊलका मानिसहरू तितरबितर हुन थाले।

9यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए।

10शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए।

11तर शमूएलले सोधे, “तिमीले के गरेको?” शाऊलले जवाफ दिए, “मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्‍नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए।

12त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।”

13शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्‍यौ। तिमीले याहवेह तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।”

14तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ।

15तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।

16शाऊल र तिनका छोरा जोनाथन अनि तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गेबामा बसेका थिए। पलिश्तीहरूले चाहिँ मिकमाशमा छाउनी हालेर बसेका थिए।

17पलिश्तीहरूका छाउनीबाट लुटपाट गर्नेहरूका तीन दल बाहिर निस्के। एउटा दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्यो;

18अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो।

19सम्पूर्ण इस्राएल राष्ट्रमा एक जना पनि लोहार पाइँदैनथ्यो। किनकि पलिश्तीहरूले भनेका थिए, “हिब्रूहरूले तरवार र भालाहरू बनाउन नपाऊन्!”

20यसकारण सारा इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू उध्याउन पलिश्तीहरूकहाँ नै जानुपर्थ्यो।

21फाली र कोदालो धारिलो बनाउन दुई तिहाइ शेकेल तिर्नुपर्थ्यो। अनि अङ्कुसे र बन्चरो उध्याउन एक तिहाइ शेकेल तिर्नुपर्थ्यो।

22यसकारण लडाइँको दिनमा शाऊल र जोनाथनसँग भएका कुनै पनि योद्धाको हातमा तरवार र भाला थिएन। तर शाऊल र तिनका छोरा जोनाथनसँग मात्र हतियार थियो।

23त्यस बेला पलिश्तीहरूको एउटा समूह मिकमाशको घाटीमा गयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath