ईसाई धर्म
पछाडि

1 शमूएल 11

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अम्मोनी नाहाशले याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।”

2तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।”

3याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।”

4जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए।

5त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्‍याएर भनिदिए।

6जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्‍वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए।

7तिनले एक हल गोरु लिए, र तिनलाई टुक्रा-टुक्रा पारे, र दूतहरूसँग ती टुक्राहरू इस्राएलभरि पठाए, र यसरी घोषणा गरे, “शाऊल र शमूएलका पछि नलाग्ने हरेक मानिसहरूका गोरुहरूको दशा यस्तै हुनेछ।” तब याहवेहको आतङ्क मानिसहरूमा छायो; र तिनीहरू एक भएर निस्के।

8जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए।

9तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई भन, ‘भोलि मध्यदिनभित्रै तिमीहरूको उद्धार हुनेछ।’ ” जब ती दूतहरू गएर याबेश-गिलादका मानिसहरूलाई यो समाचार दिए, तब तिनीहरू साह्रै उत्साहित भए।

10याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।”

11भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए; रातको अन्तिम पहरमा तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे, र मध्यदिनसम्म नै तिनीहरूलाई मारे। बाँचेकाहरू यसरी तितरबितर भए कि, ती भाग्नेहरू दुई जना एकसाथ भेट हुनै सकेनन्।

12मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू को हुन्, जसले ‘के शाऊलले हामीमाथि शासन गर्छ र?’ भनेर सोधेका थिए। तिनीहरूलाई हामीकहाँ ल्याउनुहोस्; अनि हामी तिनीहरूलाई मार्नेछौँ।”

13तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।”

14तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।”

15यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath