1 पत्रुस 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण ख्रीष्टले आफ्नो शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ;
2अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ।
3किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ।
4तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्।
5तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।
6किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो।
7सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ।
8सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।
9एक-अर्कालाई गनगनविना सत्कार गर।
10हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्वरका अनुग्रहको विभिन्न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
11यदि कसैले बोल्छ भने परमेश्वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन।
12हे प्रिय मित्रहरू हो, तिमीहरूले अग्निपरीक्षा भोग्नुपर्दा तिमीहरूलाई कुनै अनौठो कुरा आइपरेझैँ अचम्म नमान;
13तर तिमीहरू ख्रीष्टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर। यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्।
14ख्रीष्टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्वरको महिमाको आत्मा तिमीहरूमा बस्नुहुन्छ।
15तिमीहरूले कष्ट भोग्छौ भने ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी वा हस्तक्षेप गर्नेले झैँ नहोस्।
16तापनि तिमीहरूले ख्रीष्टियान भएको कारण कष्ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाम पाएकोमा परमेश्वरको प्रशंसा गर।
17किनकि परमेश्वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ, र यदि यो हामीबाटै सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार नमान्नेहरूको नतिजा कस्तो होला?
18पवित्र धर्मशास्त्रमा लेखिएको छ: “धर्मीहरूलाई बाँच्न कठिन छ भने, अधर्मी र पापीहरूको गति के होला?”
19यसर्थ परमेश्वरको इच्छाअनुसार कष्ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्वासयोग्य सृष्टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath