1 पत्रुस 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसकारण सबै घृणा, सबै छल, कपट, डाह र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख।
2परमेश्वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ;
3त्यसैकारणले नयाँ जन्मेका बालकझैँ शुद्ध आत्मिकी दूधको तिर्सना गर; यसरी तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जाओ।
4जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्वरले छान्नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ;
5तब तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिकी घर बन्दैजाओ।
6किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”
7यसर्थ तिमी विश्वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही मुख्य ढुङ्गा बन्यो।”
8र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उल्लङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए।
9तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति हौ ताकि तिमीहरूले तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक।
10एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
11हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ।
12गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्वरको महिमा गरून्।
13प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्च अधिकारको रूपमा राजा हुन्,
14अथवा राज्यपालहरू, जसलाई राजाले खराब काम गर्नेहरूलाई दण्ड दिन र ठिक काम गर्नेहरूलाई इज्जत दिन चुनेका हुन्छन्।
15किनकि परमेश्वरको इच्छा यही हो, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चुप गराउनुपर्दछ।
16तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्टता छोप्ने आवरणको रूपमा प्रयोग नगर।
17सबैलाई उचित आदर देखाओ। विश्वासीहरूको समूहलाई प्रेम गर; परमेश्वरसँग डराओ, राजालाई आदर गर।
18हे दासहरू हो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस; असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनमा बस।
19परमेश्वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय हुन्छ;
20तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्ट पायौ र सहन्छौ भने यो परमेश्वरको अगि प्रशंसनीय छ।
21यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्टले तिमीहरूको निम्ति कष्ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ।
22“उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
23तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्वरकहाँ आफूलाई सुम्पनुभयो।
24यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।”
25किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्टकहाँ फर्केका छौ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath