1राजाहरू 13
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब यारोबाम भेटी चढाउनलाई वेदीको छेउमा उभिरहेका थिए, तब याहवेहको वचनद्वारा यहूदाबाट परमेश्वरका एक जन बेथेलमा आए।
2याहवेहको वचनद्वारा तिनले त्यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! याहवेह यसो भन्नुहुन्छ: ‘दावीदको घरानामा योशियाह नाम भएको एउटा छोरा जन्मनेछ। त्यसले अहिले यहाँ अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउनेछ। अनि मानिसका हड्डीहरू तँमाथि जलाइनेछन्।’ ”
3त्यही दिन परमेश्वरका जनले एउटा चिन्ह दिए, “याहवेहले घोषणा गर्नुभएको चिन्हचाहिँ यही हो: यो वेदी दुई फ्याक हुनेछ। यसमा भएको खरानी बाहिर पोखिनेछ।”
4परमेश्वरका जनले बेथेलमा भएको वेदीको विरुद्धमा कराएर भनेको कुरा जब राजा यारोबामले सुने, तब तिनले वेदीबाट आफ्नो हात परमेश्वरको जन अगमवक्तातिर पसारेर भने, “त्यसलाई पक्र!” तर तिनीतिर पसारिएको राजाको हात सुक्यो। अनि राजाले फेरि आफ्नो हात आफूतिर तान्न सकेनन्।
5याहवेहको वचनद्वारा परमेश्वरका जनले दिएका चिन्हअनुसार वेदी पनि दुई भाग भयो; अनि खरानी बाहिर पोखियो।
6तब राजाले परमेश्वरका जनलाई भने, “मेरो हात ठिक भइजाओस् भनेर याहवेह तपाईंको परमेश्वरसित मेरा निम्ति प्रार्थना गरिदिनुहोस्!” यसकारण परमेश्वरका जनले परमेश्वरसित तिनको निम्ति बिन्ती गरिदिए। तब राजाको हात ठिक भएर पहिलेको जस्तै भयो।
7राजाले परमेश्वरका जनलाई भने, “मसित घरमा आएर केही खानुहोस्, र म तपाईंलाई एउटा उपहार दिनेछु।”
8तर परमेश्वरका जनले राजालाई जवाफ दिए, “तपाईंले मलाई आफ्नो सम्पत्तिको आधा भागै दिनुभयो भने पनि म तपाईंसित जानेछैनँ, न त यहाँ खाना खानेछु; न पानी नै पिउनेछु।
9किनकि मलाई याहवेहको वचनद्वारा ‘तैँले केही नखानू र पानी पनि नपिउनू; अनि तँ आएको बाटो भएर नफर्कनू’ भन्ने हुकुम भएको छ।”
10यसकारण तिनी जुन बाटोबाट बेथेलमा आएका थिए, त्यो बाटोबाट होइन, तर अर्कै बाटो भएर फर्किगए।
11बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे। उनका छोराहरूले परमेश्वरका जनले त्यस दिन जे गरेका थिए, ती सबै आएर तिनलाई सुनाइदिए। तिनीहरूले आफ्ना पितालाई तिनले राजालाई भनेको कुरा पनि सुनाइदिए।
12तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कतातिर गए?” अनि तिनका छोराहरूले तिनलाई यहूदाबाट आएका परमेश्वरका जन कुन बाटो भएर गए, त्यो तिनलाई देखाइदिए।
13यसकारण तिनले आफ्ना छोराहरूलाई भने, “मेरा निम्ति गधामा काठी कसिदेओ।” तिनीहरूले उनका निम्ति गधामा काठी कसिदिए। तब तिनी त्यसमाथि चढे,
14अनि परमेश्वरका जनको खोजीमा लागे। तिनले उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेको भेट्टाए, र सोधे, “के यहूदाबाट आउने परमेश्वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”
15यसकारण ती अगमवक्ताले तिनलाई भने, “मसित घरमा आएर खानपान गर्नुहोस्।”
16परमेश्वरका जनले भने, “म तपाईंसित फर्केर जान सक्दिनँ। यस ठाउँमा म तपाईंसित न त केही खान सक्छु, न त पानी नै पिउन सक्छु।
17मलाई याहवेहको वचनद्वारा ‘तैँले त्यहाँ केही नखानू, र पानी पनि नपिउनू र तँ आएको बाटो भएर नजानू’ भनिएको छ।”
18ती वृद्ध अगमवक्ताले भने, “म पनि तपाईंझैँ एक अगमवक्ता हुँ। एक जना स्वर्गदूतले याहवेहको वचनद्वारा ‘तिनलाई आफूसित तिम्रो घरमा फर्काएर ल्याउनू र तिनले खाना खाऊन् र पानी पिऊन्’ भनी मलाई भनेका छन्।” (तर तिनले उनलाई झूटो बोलेका थिए।)
19यसकारण परमेश्वरका जनले तिनीसित गएर तिनको घरमा खानपान गरे।
20तिनीहरू टेबुलमा बसिरहेका बेला याहवेहको वचन तिनलाई फर्काएर ल्याउने ती वृद्ध अगमवक्ताकहाँ आयो।
21तिनले यहूदाबाट आउने परमेश्वरको जनलाई कराएर भने, “याहवेह यसो भन्नुहुन्छ: ‘तैँले याहवेहको वचनलाई अशुद्ध तुल्याइस्, र याहवेह तेरा परमेश्वरले तँलाई दिनुभएका आज्ञाहरू पालन गरिनस्।
22तँ फर्केर आइस्, र उहाँले तँलाई नखानू र नपिउनू भनेको ठाउँमा तैँले खाइस् र पिइस्। यसकारण तेरो शरीर तेरा पितापुर्खाहरूसित गाडिनेछैन।’ ”
23जब परमेश्वरका जनले खानपान गरे, तब तिनलाई फर्काएर ल्याउने ती अगमवक्ताले तिनका निम्ति गधामा काठी कसिदिए।
24जब तिनी आफ्नो बाटोमा अगि बढिरहेका थिए, तब एउटा सिंहले बाटोमा तिनलाई फेला पार्यो, र मार्यो। तिनको लास बाटोमा फ्याँकियो। अनि त्यो गधा र सिंहचाहिँ त्यस लासको छेउमा उभिरहे।
25त्यो बाटो भएर जाने केही मानिसहरूले त्यस शरीरलाई बाटोमा फ्याँकिएको र त्यो सिंहचाहिँ त्यस लासको छेउमा उभिरहेको देखे। तिनीहरूले गएर ती वृद्ध अगमवक्ता बसेको सहरमा त्यो खबर सुनाए।
26तिनलाई आफ्नो यात्राबाट फर्काएर ल्याउने ती अगमवक्ताले यस विषयमा सुनेपछि तिनले भने, “तिनी परमेश्वरका जन नै हुन्, जसले याहवेहको वचनलाई अवहेलना गरेका थिए। याहवेहले तिनलाई सिंहकहाँ सुम्पिदिनुभएको छ। याहवेहको वचनले चेताउनी दिएझैँ त्यस सिंहले उनलाई फहराएर मारेछ।”
27ती अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरा निम्ति गधामा काठी कसिदेओ,” अनि तिनीहरूले त्यसै गरे।
28तब तिनी निस्केर गए, र तिनको लास बाटोमै फ्याँकिएको; अनि गधा र सिंह त्यस लासको छेउमा उभिरहेको भेट्टाए। त्यो सिंहले त्यस लासलाई खाएको थिएन, न त त्यस गधालाई नै फहराएको थियो।
29यसकारण ती अगमवक्ताले परमेश्वरका जनको लासलाई उठाएर गधामाथि राखे। अनि उनका निम्ति शोक गर्न र उनलाई गाड्न आफ्नो सहरमा ल्याए।
30तब तिनले त्यस लासलाई आफ्नै चिहानमा गाडे; अनि तिनीहरूले यसो भनेर विलाप गरे, “हाय, मेरो भाइ!”
31तिनलाई गाडेपछि तिनले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई परमेश्वरका जन गाडिएको ठाउँमा गाड्नू। मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमै राख्नू।
32किनकि तिनले याहवेहको वचनद्वारा बेथेलमा भएको वेदी र सामरियाका सहरहरूका अग्ला ठाउँहरूमा देवस्थानहरूका विरुद्धमा घोषणा गरेको वचन निश्चय पूरा हुनेछ।”
33यसपछि पनि यारोबाम आफ्ना दुष्ट चालहरूबाट फर्केनन्। तिनले सबै किसिमका मानिसहरूबाट अल्गा देवस्थानहरूका निम्ति पुजारीहरू नियुक्त गरे। पुजारी हुन इच्छुक जोसुकैलाई पनि तिनले अग्ला देवस्थानहरूका निम्ति अभिषेक गरे।
34यही पापको कारण सारा संसारबाट यारोबामको घरानाको पतन भयो र त्यसको सर्वनाश भयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath