ईसाई धर्म
पछाडि

1 यूहन्‍ना 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हरेक व्यक्ति जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो। बुबालाई प्रेम गर्ने हरेकले बुबाबाट जन्मेको छोरालाई पनि प्रेम गर्छ।

2हामीले परमेश्‍वरका सन्तानलाई प्रेम गर्छौँ भन्‍ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्‍वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर।

3परमेश्‍वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्;

4किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्‍वाससमेत संसारलाई जितेको छ।

5संसारमाथि विजय प्राप्‍त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्दछ।

6उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्‍ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।

7किनकि साक्षी दिनेहरू तीन छन्—

8पवित्र आत्मा, पानी र रगत; र यी तीन सहमत छन्।

9हामी मानिसका साक्षी ग्रहण गर्छौँ, तर परमेश्‍वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्‍वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ।

10हरेक व्यक्ति जसले परमेश्‍वरका पुत्रमाथि विश्‍वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्‍वरमा विश्‍वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्‍वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्‍वास गरेको हुँदैन।

11अनि साक्षी यही नै हो—परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ।

12जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन छैन।

13तिमीहरू परमेश्‍वरका पुत्रको नाममा विश्‍वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु।

14परमेश्‍वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्‍नुहुन्छ।

15अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्‍नुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग जे मागेका छौँ, त्यो हामीले पाएका छौँ भनी हामी जान्दछौँ।

16यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्‍याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्‍याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्‍याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ।

17सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्‍याउँदैन।

18जो परमेश्‍वरबाट जन्मेको छ, त्यसले पाप गरिरहँदैन भनी हामी जान्दछौँ; परमेश्‍वरका पुत्रले त्यसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन।

19हामी परमेश्‍वरका सन्तान हौँ, र सारा संसार दुष्‍टको नियन्त्रणमा परेको छ भन्‍ने कुरा हामी जान्दछौँ।

20हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्‍न सकौँ भनेर परमेश्‍वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्‍टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ।

21प्यारा नानीहरू हो, तिमीहरूको हृदयमा परमेश्‍वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath