ईसाई धर्म
पछाडि

1 यूहन्‍ना 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मेरा प्यारा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर यदि कसैले पाप गर्‍यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक जना अधिवक्ता हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्‍ट;

2अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि हुनुहुन्छ।

3यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौँ भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौँ भनी थाहा पाउँछौँ।

4कसैले “म उहाँलाई चिन्छु” भन्छ, तर त्यसले उहाँको आज्ञापालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्यता छैन।

5तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्‍वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौँ भनी हामीलाई थाहा हुन्छ:

6उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्ति येशूजस्तै जिउनुपर्छ।

7हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो।

8तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ।

9कसैले आफू ज्योतिमा छु भनी दाबी गर्छ, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ भने त्यो अझै पनि अन्धकारमै छ।

10जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छ, त्यो ज्योतिमा जिउँछ, र त्यसमा तिनीहरूलाई ठेस पुर्‍याउने कुनै कारण रहँदैन।

11तर जसले आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ र अन्धकारमै जिउँछ; अनि त्यो कहाँ जाँदैछ, त्यसलाई थाहा हुँदैन; किनकि अन्धकारले त्यसलाई दृष्‍टिविहीन तुल्याएको हुन्छ।

12हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि उहाँको नामको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्।

13हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।

14हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले पितालाई चिनेका छौ। हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।

15संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।

16किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।

17अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ।

18हे प्यारा बालकहरू हो, यो नै आखिरी घडी हो; अनि ख्रीष्‍ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैँ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौँ।

19तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्‍ने कुरा प्रकट गर्दछ।

20तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।

21तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको हैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ।

22झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ।

23पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न; जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।

24होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ।

25अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन।

26तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु।

27तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो।

28अब हे प्यारा साना नानीहरू हो, उहाँमा रहिरहो; अनि जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अगि हामीले शर्माउन नपरोस्।

29ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठिक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath