ईसाई धर्म
पछाडि

1 कोरिन्थी 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषाहरूमा बोलेँ, तर मसँग प्रेम छैन भने म हल्‍ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।

2यदि मसँग अगमवाणी गर्ने वरदान छ, परमेश्‍वरका रहस्य र ज्ञानहरू सबै बुझ्न सकूँला; अनि मसँग पहाडहरू हटाउन सक्नेसम्मको विश्‍वास पनि छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ।

3यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।

4प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन।

5प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन।

6प्रेम दुष्‍टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ।

7प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।

8प्रेमको अन्त्य कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ

9किनकि हाम्रो ज्ञान आंशिक र अधुरो छ; अनि हाम्रो अगमवाणी अधुरो हुन्छ।

10तर जब पूर्णता आउँछ, तब आंशिक कुराहरू हटाइनेछन्।

11जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थेँ, बालकले जस्तो सोच्थेँ, र बालकले जस्तै तर्क गर्थेँ। तर जब म जवान भएँ, तब मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।

12अहिले हामीले ऐनामा धमिलोसँग देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला पूर्ण रूपले जान्‍नेछु, जसरी अहिले मलाई परमेश्‍वरले पूर्ण रूपले जान्‍नुहुन्छ।

13अनि अब यी तीन कुराहरू रहन्छन्: विश्‍वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath