1 कोरिन्थी 12
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्ने म चाहन्नँ।
2तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्टका विश्वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।
3यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्न सक्दैन।
4वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ।
5सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ।
6कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।
7सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ।
8परमेश्वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने,
9अर्कोलाई उही आत्माद्वारा विश्वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू,
10अर्कोलाई आश्चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।
11यी सबै एउटै र उही आत्माका कामहरू हुन्, र यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।
12जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै हुन्छन्; तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्टको शरीरसँग पनि यस्तै हुन्छ।
13यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।
14किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।
15अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?
16अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको अङ्ग होइनँ,” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?
17यदि पूरा शरीर आँखा हुँदो हो त कहाँबाट सुन्ने? यदि पूरा शरीर कान हुँदो हो त कहाँबाट सुँघ्ने?
18तर वास्तवमा परमेश्वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ।
19यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् त शरीर कहाँ हुनेथियो र?
20यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ।
21आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन।
22बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्।
23हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौँ; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौँ।
24हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्,
25ताकि कुनै विभाजन नहून्, तर शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता गरून्।
26एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्।
27तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।
28मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
29के सबै जना प्रेरितहरू हुन्? के सबै जना अगमवक्ताहरू हुन्? के सबै जना शिक्षकहरू हुन्? के सबैले अचम्मका कामहरू गर्छन्?
30के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्?
31तर उत्तम वरदानहरूको इच्छा गर। प्रेम अत्यावश्यक छ म तिमीहरूलाई सर्वोत्कृष्ट मार्ग बताउँछु।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath