ईसाई धर्म
पछाडि

1 इतिहास 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए।

2कहातका छोराहरू: अम्राम, यिसहार हेब्रोन र उज्जीएल थिए।

3अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम थिए। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार थिए।

4एलाजार पीनहासका पिता, पीनहास अबीशूका पिता,

5अबीशू बुक्‍कीका पिता, बुक्‍की उज्जीका पिता,

6उज्जी जरयाहका पिता, जरयाह मरायोतका पिता,

7मरायोत अमर्याहका पिता, अमर्याह अहीतूबका पिता,

8अहीतूब सादोकका पिता, सादोक अहीमासका पिता,

9अहीमास अजर्याहका पिता, अजर्याह योहानानको पिता,

10योहानान अजर्याहका पिता थिए, त्यही अजर्याह, जसले यरूशलेममा सोलोमनले बनाएको मन्दिरमा पुजारीको काम गरेका थिए।

11अजर्याह अमर्याहका पिता, अमर्याह अहीतूबका पिता,

12अहीतूब सादोकका पिता, सादोक शल्‍लूमका पिता,

13शल्‍लूम हिल्कियाहका पिता, हिल्कियाह अजर्याहका पिता,

14अजर्याह सरायाहका पिता, अनि सरायाह यहोसादाकका पिता थिए।

15याहवेहले नबूकदनेसरको हातद्वारा यहूदा र यरूशलेमलाई निर्वासनमा लैजानुहुँदा यहोसादाकलाई पनि निर्वासनमा लगियो।

16लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए।

17गेर्शोनका छोराहरूका नाम यिनै हुन्: लिब्नी र शिमी थिए।

18कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए।

19मरारीका छोराहरू: महली र मूशी थिए। तिनीहरूका पिताको नामअनुसार सूचित गरिएका लेवीहरूका वंशहरू यिनै हुन्:

20गेर्शोन सन्तानहरू: गेर्शोनका छोरा लिब्नी, लिब्नीका छोरा यहत, यहतका छोरा जिम्माह,

21जिम्माहका छोरा योआ, योआका छोरा इद्दो, इद्दोका छोरा जेरह, र जेरहका छोरा यातरै थिए।

22कहातका सन्तानहरू: कहातका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा कोरह, कोरहका छोरा अस्सीर

23अस्सीरका छोरा एल्काना, एल्कनाका छोरा एब्यासाप, एब्यासापका छोरा अस्सीर,

24अस्सीरका छोरा तहत, तहतका छोरा ऊरीएल, उरीएलका छोरा उज्जियाह, र उज्जियाहका छोरा शौल थिए।

25एल्कानाका छोराहरू: अमासै र अहीमोत थिए।

26अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै, सोपेका छोरा नहत,

27नहतका छोरा एलिआब, एलिआबका छोरा यरोहाम, यहोरामका छोरा एल्काना, अनि एल्कानाका छोरा शमूएल थिए।

28शमूएलका छोराहरू: पहिलो योएल र दोस्रो छोरा अबीयाह थिए।

29मरारीका सन्तानहरू: महली छोरा लिब्नी, लिब्नीका छोरा शिमी, शिमीका छोरा उज्जाह,

30उज्‍जाका छोरा शिमीअ, शिमेअका छोरा हग्गियाह र हग्गियाहका छोरा असायाह थिए।

31परमेश्‍वरको सन्दुक याहवेहको भवनमा राखेपछि दावीदले याहवेहको भवनमा सङ्गीतको निम्ति जिम्मा दिएका मानिसहरू यिनै हुन्।

32सोलोमनले यरूशलेममा याहवेहको मन्दिर नबनाएसम्म ती मानिसहरूले समागम पाल र भेट हुने पालको अगाडि सङ्गीतद्वारा सेवाको काम गरे। तिनीहरूका निम्ति बनाइएका नियमअनुसार तिनीहरूले जिम्मेवारी पूरा गरे।

33तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा,

34जो एल्कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोआहका छोरा,

35जो सूपका छोरा, जो एल्कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा,

36जो एल्कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्याहका छोरा,

37जो तहतका छोरा, जो अस्सीरका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा,

38जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए।

39अनि हेमानका सहकर्मी आसाप, जसले तिनको दाहिने हाततर्फ सेवा गर्थे: आसाप बेरेक्याहका छोरा, बेरेक्याह शिमेअका छोरा,

40जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा,

41जो एत्नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा,

42जो एतानका छोरा, जो जिम्माहका छोरा, जो शिमीका छोरा,

43जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए।

44अनि तिनका बायाँ हाततर्फ तिनीहरूका सहकर्मी मरारीहरू: एतान कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्‍लूकका छोरा,

45जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा,

46जो अम्सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा,

47जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।

48तिनीहरूका लेवी दाजुभाइहरूलाई परमेश्‍वरको भवन, समागम पालका अरू सबै कामहरूको जिम्मा दिएको थियो।

49तर हारून र तिनका सन्तानहरूलेचाहिँ परमेश्‍वरको सेवक मोशाले दिएका सबै आज्ञाहरू बमोजिम इस्राएलको निम्ति प्रायश्‍चित गर्दै, महा-पवित्रस्थानमा गर्नुपर्ने सबै कामअनुसार होमबलिको वेदी र धूपको वेदीमा बलिदानहरू चढाउँथे।

50हारूनका सन्तानहरू यिनै थिए: हारूनका छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,

51तिनका छोरा बुक्‍की, तिनका छोरा उज्जी, तिनका छोरा जरयाह,

52तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब,

53तिनका छोरा सादोक, तिनका छोरा अहीमास थिए।

54तिनीहरूका निम्ति छुट्ट्याइएका तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। (ती वासस्थानहरू कहाती वंशहरूबाट आएका हारूनका सन्तानहरूलाई दिइयो; किनकि पहिलो चिट्ठा तिनीहरूका निम्ति परेको थियो)।

55यहूदामा तिनीहरूलाई हेब्रोनका चारैतिरका खर्कहरूसमेत दिइयो।

56(तर सहरका चारैतिरका खेतहरू र गाउँहरूचाहिँ यपून्‍नेको छोरा कालेबलाई दिइयो)।

57यसरी हारूनका सन्तानहरूलाई हेब्रोन (शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो,

58हीलेन, दबीर,

59आशान, युत्ता र बेथ-शेमेशलाई तिनीहरूका खर्कहरूसमेत दिइयो।

60अनि तिनीहरूलाई बेन्यामीनको कुलबाट गेबा, आलेमेत र अनातोत, अनि तिनीहरूका खर्कहरूसमेत दिइयो। कहातीका वंशहरूलाई बाँडिएका यी नगरहरू तेह्र वटा थिए।

61कहातका बाँकी रहेका सन्तानहरूलाई चाहिँ मनश्शेको आधा कुलबाट दश वटा नगरहरू भाग लगाइदिए।

62गेर्शोनका सन्तानहरूलाई वंश-वंश गरी इस्साखार, आशेर, नप्‍ताली र बाशानमा बस्‍ने मनश्शे कुलको भागबाट तेह्र वटा नगरहरूलाई भाग लगाइदिए।

63मरारीका सन्तानहरूलाई वंश-वंश गरी रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा नगरहरू भाग लगाइदिए।

64यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए।

65यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्‍लेखित गरिएका नगरहरू भाग लगाइदिए।

66कहातका केही वंशहरूलाई तिनीहरूका इलाकाको रूपमा एफ्राइम कुलका नगरहरूबाट दिइयो।

67एफ्राइमको पहाडी मुलुकमा शेकेम (शरण-नगर), गेजेर,

68योकमाम, बेथ-होरोन,

69अय्यालोन र गात-रिम्मोनको साथै तिनीहरूका खर्कहरूसमेत दिइयो।

70अनि इस्राएलीहरूले मनश्शेको आधा कुलबाट कहातका बाँकी वंशहरूलाई आनेर र बिलाम, तिनका खर्कहरूसमेत दिए।

71गेर्शोनीहरूले पाएका ठाउँहरू: मनश्शेको आधा कुलबाट तिनीहरूले बाशानमा गोलान र अस्तारोत, र तिनीहरूका खर्कहरूसमेत पाए।

72इस्साखारको कुलबाट तिनीहरूले पाएका नगरहरू: केदेश, दाबरत,

73रामोत र अनेम अनि तिनीहरूका खर्कहरूसमेत पाए;

74आशेरको कुलबाट तिनीहरूले पाएका ठाउँहरू: माशाल, अब्दोन,

75हूक्‍कोक, रहोब र तिनीहरूका खर्कहरूसमेत पाए।

76अनि नप्‍तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए।

77मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्: जबूलूनको कुलबाट तिनीहरूले योकन्याम, कर्ताह, रिम्मोनो र तबोर, र तिनीहरूका खर्कहरूसमेत पाए;

78रूबेनको कुलबाट यरीहोको पूर्वमा यर्दनपारि उजाडस्थानमा बेसेर, यहसाह,

79कदेमोत, मेपात र तिनीहरूका खर्कहरूसमेत पाए;

80अनि गादको कुलबाट तिनीहरूले गिलादको रामोत, महनाइम,

81हेश्बोन, याजेर र तिनीहरूका खर्कहरूसमेत पाए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath