1 इतिहास 5
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1इस्राएलका जेठा छोरा रूबेन थिए, (तिनी जेठो छोरा भए तापनि तिनले आफ्ना पिताकी उपपत्नीसँग शारीरिक सम्बन्ध राखेर आफ्ना पिताको वैवाहिक ओछ्यानलाई अशुद्ध पारिदिएका हुनाले तिनको जेष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो। यसकारण तिनलाई वंशावलीको सूचीमा जेठो छोरा गनिएको छैन।
2यहूदा आफ्ना दाजुभाइहरूमध्ये सबैभन्दा बलियो र तिनीबाट नै शासक आएको भए तापनि ज्येष्ठ अधिकारचाहिँ योसेफको भयो)।
3इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्लू, हेस्रोन र कर्मी।
4योएलका सन्तानहरू: योएलका छोरा शमायाह, शमायाहका छोरा गोग, गोगका छोरा शिमी,
5शिमीका छोरा मीका, मीकाका छोरा रायाह, रायाहका छोरा बाल,
6बालका छोरा बीराह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगेका थिए। बेराचाहिँ रूबेनीहरूका अगुवा थिए।
7तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया,
8अनि अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरदेखि नेबो र बाल-मोनसम्म फैलिएको क्षेत्रमा बसोबास गरे।
9तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।
10शाऊलको शासनकालमा रूबेनीहरूले हग्रीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले हग्रीहरूलाई परास्त गरे। अनि तिनीहरूले गिलादको पूर्वपट्टि हग्रीहरूका सम्पूर्ण इलाकामा रहेका छाउनीहरूलाई कब्जा गरे।
11गादीहरू रूबेनीहरूका नजिक बाशानमा बसे। तिनीहरूको इलाका सलेकासम्मै फैलिएको थियो:
12बाशानमा योएल मुखिया थिए। तिनीपछि दोस्रोमा शापान, त्यसपछि यानै र शापात थिए।
13तिनीहरूका आफन्तहरू परिवारअनुसार यिनै थिए: मिखाएल, मशुल्लाम, शेबा, योरै, याकान, जीआ र एबेर—जम्मा सात जना।
14यिनीहरू अबीहेलका छोराहरू थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए, यारोह गिलादका छोरा थिए; गिलाद मिखाएलका छोरा थिए; मिखाएल यशीशैका छोरा थिए, यशीशै यहदोका छोरा थिए र यहदो बूजका छोरा थिए।
15गुनीका नाति, अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रमुख अगुवा थिए।
16गिलादीहरू गिलादमा बाशान र यसका वरपरका गाउँहरूमा र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्म बसोबास गरे।
17यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो।
18रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए।
19तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबको विरुद्धमा युद्ध गरे।
20तिनीहरूले परमेश्वरबाट युद्धमा सहायता पाए। अनि परमेश्वरले हग्रीहरू र तिनीहरूका सबै मित्रराष्ट्रहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। किनकि युद्धको समयमा तिनीहरूले उहाँलाई पुकारेका थिए। उहाँले तिनीहरूको पुकार सुन्नुभयो; किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।
21तिनीहरूले हग्रीहरूका गाईबस्तु, अर्थात् पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा र दुई हजार गधा कब्जा गरे। तिनीहरूले एक लाख मानिसहरूलाई पनि कैद गरेर लगे।
22अनि अरू धेरैचाहिँ मारिए; किनकि त्यो लडाइँ परमेश्वरले नै हुन दिनुभएको थियो। निर्वासनमा नलगिएसम्म तिनीहरू त्यस देशमै बसोबास गरे।
23मनश्शेको आधा कुलका मानिसहरू अनगन्ती थिए। तिनीहरू त्यस देशमा बाशानदेखि बाल-हर्मोनसम्म, अर्थात् सेनीर (हेर्मोन पर्वत) सम्म बसोबास गरे।
24तिनीहरूका परिवारका अगुवाहरू यिनै थिए: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदवियाह र यहदीएल। तिनीहरू साहसी लडाकु, प्रसिद्ध मानिसहरू, र तिनीहरूका परिवारका मुख्य अगुवाहरू थिए।
25तर तिनीहरू आफ्ना पितापुर्खाहरूका परमेश्वरप्रति विश्वासयोग्य भएनन्। अनि परमेश्वरले तिनीहरूकै सामु नष्ट पार्नुभएका देशका मानिसहरूका देवताहरूको पछि लागेर तिनीहरूले वेश्यावृत्ति गरे।
26यसकारण इस्राएलका परमेश्वरले अश्शूरका राजा पूललाई (अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई) उस्काउनुभयो, जसले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई निर्वासनमा लगे। राजाले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीमा लगे, जहाँ तिनीहरू आजको दिनसम्म नै छँदैछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath