ईसाई धर्म
पछाडि

1 इतिहास 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्; माहिँलाचाहिँ दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्;

2साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्; काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्;

3ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्; अनि कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्।

4यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे। दावीदले यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।

5अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्: शिमेअ, शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट जन्मेका थिए।

6साथै अरू छोराहरू पनि थिए; यिभार, एलीशूअ, एलीपेलेत,

7नोगह, नेपेग, याफिया,

8एलीशामा, एल्यादा र एलीपेलेत—जम्मा नौ जना।

9यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।

10सोलोमनका छोरा रहबाम थिए, रहबामका छोरा अबीयाह, अबीयाहहका छोरा आसा, आसाका छोरा यहोशापात,

11यहोशापातका छोरा यहोराम, यहोरामका छोरा अहज्याह, अहज्याहका छोरा योआश,

12योआशका छोरा अमस्याह, अमस्याहका छोरा अजर्याह, अजर्याहका छोरा योताम,

13योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्शे,

14मनश्शेका छोरा आमोन, आमोनका छोरा योशियाह थिए,

15योशियाहका छोराहरू: जेठा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह र कान्छोचाहिँ शल्‍लूम।

16यहोयाकीमका उत्तराधिकारीहरू: तिनका छोरा यहोयाकीन र सिदकियाह।

17बेबिलोनीहरूले कैदमा लगेका यहोयाकीनका छोराहरू: शालतिएल,

18मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।

19पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।

20यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए।

21हनन्याहका सन्तानहरू: पलत्याह र यशयाह, र रपायाहका, अर्नानका, ओबदियाका र शकन्याहका छोराहरू।

22शकन्याहका छोराहरू: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बरियाह, नेरियाह र शापात—जम्मा छ जना।

23नेरियाहका छोराहरू: एल्योएनै, हिजकिया र अज्रीकाम—जम्मा तीन जना।

24एल्योएनैका छोराहरू: होदवियाह, एल्यासीब, पलायाह, अक्‍कूब, योहानान, दलायाह र अनानी—जम्मा सात जना।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath