ईसाई धर्म
पछाडि

1 इतिहास 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1इस्राएलका छोराहरू यिनै थिए: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,

2दान, योसेफ, बेन्यामीन, नप्‍ताली, गाद र आशेर थिए।

3यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्‍टिमा दुष्‍ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।)

4यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा पाँच जना छोराहरू थिए।

5पेरेसका छोराहरू: हेस्रोन र हामूल।

6जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा, गरेर जम्मा पाँच जना।

7कर्मीका छोरा: आकार, जसले अर्पण गरिएका थोकहरू लिएर आज्ञा उल्‍लङ्घन गरी इस्राएलमाथि विपत्ति ल्याएका थिए।

8एतानका छोरा: अजर्याह।

9हेस्रोनका छोराहरू यिनै थिए: यरहमेल, राम र कालेब ।

10राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए।

11नहशोन सल्मोनका पिता थिए; सल्मोन बोअजका पिता थिए।

12बोअज ओबेदका पिता थिए; र ओबेद यिशैका पिता थिए।

13यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ,

14चौथो नथनिएल, पाँचौँ रद्दै,

15छैटौँ ओसेम र सातौँचाहिँ दावीद थिए।

16तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए।

17अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए।

18हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए।

19जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्।

20हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए।

21हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहवास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्।

22सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे।

23(तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।) यी सबै गिलादका पिता माकीरका सन्तानहरू थिए।

24कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।

25हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, र बूना, ओरेन, ओसेम र अहीयाह।

26यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्।

27यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।

28ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर।

29अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्।

30नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे।

31अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।

32शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे।

33जोनाथनका छोराहरू: पेलेत र जाजा। यरहमेलका सन्तानहरू यिनीहरू नै थिए।

34शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो।

35अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्।

36अत्तै नातानका पिता थिए; र नातान जाबादका पिता थिए;

37जाबाद एपलालका पिता थिए; एपलाल ओबेदका पिता थिए;

38ओबेद येहूका पिता थिए; येहू अजर्याहका पिता थिए,

39अजर्याह हेलेसका पिता थिए; हेलेस एलासाका पिता थिए,

40एलासा सिस्मैका पिता थिए; सिस्मै शल्‍लूमका पिता थिए;

41शल्‍लूम यकम्याहका पिता थिए; र यकम्याह एलीशामाका पिता थिए।

42यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए।

43हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा।

44शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।

45शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेथ-सूरका पिता थिए।

46कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए।

47यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप।

48कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्।

49तिनले मदमन्‍नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्।

50कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल।

51बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप।

52किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए: हारोए, मनुहोतीहरूका आधा भाग,

53अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्।

54सल्माका सन्तानहरू: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, मानहतीहरूका आधा भाग, सोरीहरू,

55अनि याबेसमा बस्‍ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath