ईसाई धर्म
पछाडि

1 इतिहास 27

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1इस्राएलीहरूको सूची यही हो—परिवारहरूका अगुवाहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू र तिनीहरूका अधिकारीहरू, जसले वर्षको हरेक महिना पालैपालो सेनाका दलहरू सम्बन्धित सबै कुरामा राजाको सेवामा गर्थे। प्रत्येक सैनिक दलमा 24,000 सेनाहरू थिए।

2पहिलो महिनाको निम्ति, पहिलो दलका सेनापति जब्दीएलका छोरा यशोबाम थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

3तिनी पेरेसका सन्तान थिए, जो पहिलो महिनाको निम्ति सारा सेनाका सेनापतिहरूका अगुवा थिए।

4दोस्रो महिनाको निम्ति, दोस्रो दलका सेनापति अहोहीका दोदै थिए; अनि मिक्लोतचाहिँ तिनका दलका अगुवा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

5तेस्रो महिनाको निम्ति, तेस्रो दलका सेनापति पुजारी यहोयादाका छोरा बनायाह थिए। यहोयादा मुख्य पुजारी थिए; अनि तिनको दलमा 24,000 सेनाहरू थिए।

6यिनी तिनै बनायाह थिए, जो तीस जना वीर मानिसहरूमध्ये एक र तीस जनामा माथि थिए। तिनका छोरा अम्मीजाबादचाहिँ तिनको दलका अगुवा थिए।

7चौथो महिनाको निम्ति, चौथो सेनापतिचाहिँ योआबका भाइ असाहेल थिए। तिनीपछि तिनका छोरा जबदियाहले जिम्मेवारी उठाए। तिनको दलमा 24,000 सेनाहरू थिए।

8पाँचौँ महिनाको निम्ति, पाँचौँ सेनापति यिज्राहीका शम्हूत थिए। तिनको दलमा 24,000 मानिसहरू थिए।

9छैटौँ महिनाको निम्ति, छैटौँ सेनापति तकोका इक्‍केशका छोरा ईरा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

10सातौँ महिनाको निम्ति, सातौँ सेनापति एफ्राइमका पेलोनीका हेलेस थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

11आठौँ महिनाको निम्ति, आठौँ सेनापति जेरह घरानाका हूशाती सिब्बकै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

12नवौँ महिनाको निम्ति, नवौँ सेनापति बेन्यामीन घरानाका अनातोती अबीएजेर थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

13दसौँ महिनाको निम्ति, दसौँ सेनापति जेरह घरानाका नतोपाती महरै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

14एघारौँ महिनाको निम्ति, एघारौँ सेनापति एफ्राइम घरानाका पिरातोनी बनायाह थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

15बाह्रौँ महिनाको निम्ति, बाह्रौँ सेनापति ओत्निएलका घरानाका नतोपाती हेल्दै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

16इस्राएलका कुलहरूका अगुवाहरू यिनीहरू थिए: रूबेनको कुलबाट: एलीएजर जिक्रीका छोरा; शिमियोनको कुलबाट: माकाका छोरा शपत्याह;

17लेवीको कुलबाट: कमूएलका छोरा हशब्याह; हारूनको कुलबाट: सादोक;

18यहूदाको कुलबाट: दावीदका एक जना दाजु एलीहू; इस्साखारको कुलबाट: मिखाएलका छोरा ओम्री;

19जबूलूनको कुलबाट: ओबदियाका छोरा यिश्मायाह; नप्‍तालीको कुलबाट: अज्रीएलका छोरा यरीमोत;

20एफ्राइमको कुलबाट: अजज्याहका छोरा होशे; मनश्शेको आधा कुलबाट: पदायाहका छोरा योएल;

21गिलादमा भएका मनश्शेको आधा कुलबाट: जकरियाका छोरा इद्दो; बेन्यामीनको कुलबाट: अबनेरको छोरा यासीएल;

22दानको कुलबाट: यरोरामका छोरा अज्रेल। इस्राएलका कुलहरूमाथिका अधिकारीहरू यिनीहरू नै थिए।

23दावीदले बीस र त्यसभन्दा तलका मानिसहरूको गन्ती लिएनन्; किनभने याहवेहले इस्राएलको संख्या आकाशका ताराहरूझैँ बढाउने प्रतिज्ञा गर्नुभएको थियो।

24सरूयाहका छोरा योआबले मानिसहरूलाई गन्ती गर्न सुरु गरे, तर पूरा सकेनन्; किनभने यस गणनाको कारण परमेश्‍वरको क्रोध इस्राएलमाथि पर्‍यो; अनि दावीद राजाको इतिहासको पुस्तकमा त्यो संख्या लेखिएन।

25अदीएलका छोरा अज्मावेत, राजकीय भण्डारहरूका जिम्मामा थिए। उज्जियाहका छोरा जोनाथन, ग्रामीण जिल्‍लाहरूमा, सहरहरूमा, बस्तीहरूमा र धरहराहरूमा रहेका भण्डारहरूका जिम्मामा थिए।

26कलूबको छोरा एज्री, देशमा खेतीकिसान गर्नेहरूका जिम्मामा थिए।

27रामती शिमी, दाखबारीहरूका जिम्मामा थिए। दाखबारीका उब्जनीको दाखमद्य राख्ने भण्डारको अधिकारी शेपेमी जब्दी थिए।

28पश्‍चिमपट्टिको बेँसीमा भएका नेभारा र जैतुनका बोटहरूको हेरचाह गर्ने जिम्मा गेदेरी बाल-हानान थिए। योआश तेल राख्ने भण्डारको जिम्मामा थिए।

29शारोनका शित्रैचाहिँ शारोनमा चर्ने गाईबस्तुहरूका जिम्मामा थिए। बेँसीमा चर्ने गाईबस्तुहरूका अधिकारीचाहिँ अदलैका छोरा शापात थिए।

30ऊँटहरूका अधिकारी इश्माएली ओबील थिए। गधाहरूका अधिकारी मरोनोती येहेदियाह थिए।

31बगालहरूका अधिकारी हग्री याजीज थिए। यिनीहरू नै राजा दावीदका सम्पत्तिको रेखदेख गर्ने अधिकारीहरू थिए।

32दावीदका काका जोनाथन, एक सल्‍लाहकार, अन्तर्दृष्‍टि भएका मानिस र शास्त्री थिए। हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको हेरचाह गर्थे।

33अहीतोपेल राजाका सल्‍लाहकार थिए। अरकी हूशैचाहिँ राजाका मित्र थिए।

34(अहीतोपेलपछि तिनको जिम्मा बनायाहका छोरा यहोयादा र अबीयाथारले सम्हालेका थिए।) योआबचाहिँ राजकीय सेनाका सेनापति थिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath