1 इतिहास 26
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1द्वारपालहरूका दलहरू यस प्रकारका थिए: कोरहवंशीहरूबाट: मेशेलेम्याह कोरेका छोरा, जो आसापका छोराहरूमध्ये एक थिए।
2मेशेलेम्याहका छोराहरू: पहिलो छोरो जकरिया, दोस्रो यदीएल, तेस्रो जबदियाह, चौथो यत्नीएल,
3पाँचौँ एलाम, छैटौँ यहोनान र सातौँ एल्यहोएनै।
4ओबेद-एदोमका पनि छोराहरू थिए: पहिलो शमायाह, दोस्रो यहोजाबाद, तेस्रो योआ, चौथो साकार, पाँचौँ नथनिएल,
5छैटौँ अम्मीएल, सातौँ इस्साखार र आठौँ पुल्लतै। (किनकि परमेश्वरले ओबेद-एदोमलाई आशिष् दिनुभएको थियो।)
6ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।
7शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद र एल्जाबाद; तिनका आफन्तहरू एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए।
8यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।
9मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए।
10मरारी होसाका छोराहरू: पहिलो शिम्री, (यद्यपि तिनी जेठो छोरा नभए तापनि तिनका पिताले तिनलाई अगुवा तुल्याएका थिए);
11दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया। होसाका छोराहरू र आफन्तहरू जम्मा 13 जना थिए।
12द्वारपालहरूका दलहरूका यी अगुवाहरूद्वारा याहवेहको भवनमा आफ्ना आफन्तहरूले सेवा गरेझैँ तिनीहरूलाई पनि सेवा गर्न भनी जिम्मेवारी दिइएका थिए।
13जवान वा वृद्ध, आफ्ना घरानाअनुसार हरेक मूलढोकाका निम्ति चिट्ठा हाले।
14पूर्वपट्टिको मूलढोकाको चिट्ठा शेलेम्याहलाई पर्यो। त्यसपछि उत्तरपट्टिको मूलढोकाको चिट्ठा शलेम्याहका छोरा जकरियालाई पर्यो, जो बुद्धिमान् सल्लाहकार थिए।
15दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्यो।
16पश्चिमपट्टिको मूलढोका र माथिल्लो बाटोको शल्लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्यो। एउटा पहरेदार अर्को पहरेदारको छेउमा उभिन्थे:
17पूर्वपट्टि प्रत्येक दिन छ जना लेवीहरू पहरा बस्थे; उत्तरपट्टि प्रत्येक दिन चार जना, दक्षिणपट्टि प्रत्येक दिन चार जना र भण्डार कोठामा चाहिँ एकै पटकमा दुई-दुई जना पहरेदार खटिएका थिए।
18पश्चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए।
19कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।
20तिनीहरूका लेवी दाजुभाइहरू परमेश्वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए।
21लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली,
22यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए।
23अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट:
24मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए।
25एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत।
26शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्तानहरूले अर्पण गरेका थोकहरू थिए।
27लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए।
28दर्शी शमूएलले र कीशका छोरा शाऊलले नेरका छोरा अबनेर; अनि सरूयाहका छोरा योआबले अर्पण गरेका हरेक कुरा, र ती अर्पण गरिएका अरू सबै चीजहरूचाहिँ शलोमीत र तिनका आफन्तहरूका जिम्मामा थिए।
29यिसहारीहरूका वंशबाट: कनन्याह र तिनका छोराहरूलाई मन्दिरदेखि टाढा इस्राएलमाथि अधिकारी र न्यायकर्ताको रूपमा जिम्मेवारी दिइएको थियो।
30हेब्रोनीहरूबाट: हशब्याह र तिनका आफन्तहरू—सत्र सय योग्य मानिसहरूचाहिँ इस्राएलमा याहवेहका सबै कामका निम्ति र राजाको सेवाका निम्ति यर्दन नदीको पश्चिमपट्टिको अधिकारी थिए।
31हेब्रोन वंशीहरूको बारेमा चाहिँ तिनीहरूका परिवारका वंशावलीमा दर्ता भएअनुसार यरियाहचाहिँ अगुवा थिए। (दावीदको शासनको चालीसौँ वर्षमा वंशावलीहरूको बारेमा खोजी गरियो; अनि हेब्रोनीहरूका बीचमा योग्यका मानिसहरू गिलादको याजेरमा भेट्टाइयो।
32यरियाहका सत्ताइस सय आफन्तहरू थिए, जो योग्यका मानिसहरू थिए र परिवारहरूका अगुवाहरू थिए। राजा दावीदले तिनीहरूलाई रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलमाथि परमेश्वर र राजासम्बन्धी हरेक कुराको निम्ति जिम्मा दिए।)
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath