1 इतिहास 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1बसन्त ऋतुमा जब राजाहरू युद्ध गर्न निस्कन्थे, तब योआबले हतियारधारी दलहरूको नेतृत्व गरे। तिनले अम्मोनीहरूको देशलाई सखाप पारे। अनि रब्बा सहरमा गए, र त्यस सहरलाई घेरा हाले; तर दावीदचाहिँ यरूशलेममै बसे। योआबले रब्बामाथि आक्रमण गरेर त्यसलाई ध्वस्त पारे।
2दावीदले तिनीहरूका राजा मिल्कोमको शिरबाट मुकुट लिए, जसको तौल एक टालेन्ट सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए; अनि त्यो मुकुट दावीदको शिरमा लगाइयो। तिनले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू ल्याए,
3अनि त्यहाँ भएका मानिसहरूलाई निकालेर ल्याए; तिनीहरूलाई आरा, फलामका हतियारहरू र बन्चरोका कामहरू गर्न लगाए। दावीदले अम्मोनीहरूका सबै नगरहरूसित यस्तै गरे। तब दावीद र तिनका सम्पूर्ण सेना यरूशलेममा फर्के।
4त्यसपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो। त्यस बेला हूशातीमा बस्ने सिब्बकैले रपाईहरूको एउटा सन्तान सिप्पैलाई मारे, जसले गर्दा पलिश्तीहरू अधीनमा आए।
5पलिश्तीहरूसँगको अर्को एउटा लडाइँमा याईरका छोरा एल्हानानले गित्ती गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तै थियो।
6गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो।
7जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
8यिनीहरू गातमा भएका रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath