1 इतिहास 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1केही समयपछि, दावीदले पलिश्तीहरूलाई परास्त गरे, र तिनीहरूलाई आफ्नो अधीनमा पारे; अनि तिनले पलिश्तीहरूको अधीनमा रहेका गात र त्यसका चारैतिरका गाउँहरूलाई पनि लिए।
2दावीदले मोआबीहरूलाई पनि परास्त गरे; अनि तिनीहरू तिनको अधीनमा भएर तिनलाई राजकर तिरे।
3यसबाहेक दावीदले सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो विजयको स्मारक खडा गर्न जाँदा तिनलाई हमातसम्मै जिते।
4दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।
5जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।
6तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर तिनलाई सलामी ल्याए। दावीद जहाँ गए तापनि याहवेहले तिनलाई विजय दिनुभयो।
7दावीदले हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।
8दावीदले हददेजेरका सहरहरू तेबाह र कूनबाट धेरै मात्रामा काँसा ल्याए, जसलाई सोलोमनले काँसाका खड्कुँलो, खम्बाहरू र काँसाका विभिन्न चीजहरू बनाउनमा प्रयोग गरे।
9जब हमातका राजा तोऊले सोबाका राजा हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,
10तब तिनले आफ्नो छोरा हदोरामलाई दावीदले हददेजेरमाथि विजय पाएकोमा दावीदलाई बधाई दिन भनी पठाए; किनभने हददेजेर तोऊसँग युद्ध लडिरहेका थिए। हदोरामले सबै प्रकारका सुन, चाँदी र काँसाका चीजहरू दावीद राजाकहाँ ल्याए।
11दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे।
12सरूयाहका छोरा अबीशैले नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारे।
13तिनले एदोममा सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।
14दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।
15सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए; अहीलूदका छोरा यहोशापात लेखापाल थिए;
16अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; शब्शा सचिव थिए;
17बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए; अनि दावीदका छोराहरूचाहिँ राजाका मुख्य अधिकृतहरू थिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath