1 इतिहास 14
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1टायरका राजा हीरामले दावीदका निम्ति महल निर्माण गर्नलाई देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए।
2अनि याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव धेरै बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो।
3दावीदले यरूशलेममा अरू धेरै पत्नीहरू ल्याए। तिनी अरू पनि धेरै छोराछोरीहरूका पिता भए।
4यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
5यिभार, एलीशूअ, एल्पेलेत,
6नोगह, नेपेग, याफिया,
7एलीशामा, बेलीयादा र एलीपेलेत।
8जब दावीद सारा इस्राएलमाथि राजा अभिषेक भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर त्यो कुरा सुनेर दावीद तिनीहरूसँग युद्ध गर्नलाई गए।
9तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीलाई लुटपाट गरे।
10यसकारण दावीदले परमेश्वरसँग यसो भन्दै सल्लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “जा, म तिनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
11यसकारण दावीद र तिनका मानिसहरू बाल-पराजीममा गए। अनि त्यहाँ तिनले तिनीहरूलाई जिते। तिनले भने, “बाँध फुटेर ओइरिएको पानीझैँ, परमेश्वरले मलाई मेरा शत्रुहरूको विरुद्धमा जाइलाग्न प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।
12पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडेर भागे। तब दावीदले तिनीहरूलाई आगोमा जलाइदिने आदेश दिए।
13पलिश्तीहरू फेरि एक पटक बेँसीमा लुटपाट गर्न आए।
14यसकारण दावीदले फेरि परमेश्वरसित सल्लाह लिए। अनि परमेश्वरले तिनलाई जवाफ दिनुभयो, “तिमीहरू सीधै तिनीहरू माथि जाइनलाग, तर तिनीहरूलाई घेरा हालेर लहरे पीपलका रूखहरूको सामुबाट आक्रमण गर।
15तिमीहरूले ती लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू। किनकि त्यसको अर्थ परमेश्वर पलिश्ती सेनाहरूलाई प्रहार गर्न तिमीहरूका अगि-अगि जानुहुनेछ।”
16यसकारण दावीदले परमेश्वरले तिनलाई आज्ञा गर्नुभएअनुसार गरे; अनि तिनीहरूले पलिश्ती सेनाहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।
17यसरी दावीदको कीर्ति सर्वत्र फैलियो। याहवेहले सबै राष्ट्रलाई दावीदसँग भयभीत हुने बनाउनुभयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath