ईसाई धर्म
पछाडि

1 इतिहास 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दावीदले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसहित आफ्ना प्रत्येक अधिकारीहरूसँग सल्‍लाह लिए।

2त्यसपछि तिनले इस्राएलका सारा समुदायलाई भने, “यदि तपाईंहरूलाई असल लाग्यो, र याहवेह हाम्रा परमेश्‍वरको इच्छा यही हो भने हामी इस्राएलको प्रान्तभरि टाढा वा नजिक रहेका हाम्रा बाँकी दाजुभाइहरूकहाँ र तिनीहरूसँग तिनीहरूकै नगर र खर्कहरूमा रहेका पुजारीहरू र लेवीहरूलाई हामीकहाँ आउन र हामीसँग सामेल हुन खबर पठाऔँ।

3हामी परमेश्‍वरको सन्दुकलाई आफूकहाँ फर्काएर ल्याऔँ। किनकि हामीले शाऊलको शासनकालमा सन्दुकको खोजी गरेनौँ।”

4सबै मानिसहरूलाई यो ठिक लागेको कारण, सम्पूर्ण समुदाय त्यसमा सहमत भयो।

5यसकारण दावीदले इजिप्टमा भएको शीहोर नदीदेखि लेबो-हमातसम्मका सबै इस्राएलीहरूलाई किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक ल्याउन भनी भेला गराए।

6दावीद र तिनीसँग भएका सारा इस्राएलीहरू करूबहरूका बीच सिंहासनमा विराजमान हुनुहुने याहवेह परमेश्‍वरका नामले कहलाइएको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाहमा (किर्यत-यारीम) गए।

7तिनीहरूले परमेश्‍वरको सन्दुकलाई अबीनादाबको घरबाट एउटा नयाँ गाडामा राखेर, उज्जाह र अहियोले त्यो गाडा हाँकेर त्यसलाई अगि बढाए।

8दावीद र सारा इस्राएलीहरूचाहिँ गीत, वीणा, सारङ्गी, खैँजडी, झ्याली र तुरहीको साथमा आफ्ना सारा शक्तिले परमेश्‍वरको सामु उत्सव मनाइरहेका थिए।

9जब तिनीहरू किदोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नखसोस् भनी त्यसलाई थाम्न भनेर उज्जाहले आफ्नो हात बढाए।

10तब याहवेहको क्रोध उज्जाहमाथि दन्कियो। अनि तिनले आफ्नो हातले सन्दुकलाई छोएको कारण, उहाँले तिनलाई प्रहार गर्नुभयो। यसकारण त्यहीँ नै परमेश्‍वरको सामु तिनको मृत्यु भयो।

11यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ।

12त्यस दिन दावीद परमेश्‍वरसँग डराए, र तिनले सोधे, “मैले परमेश्‍वरको सन्दुक कसरी आफूकहाँ ल्याउन सकूँला?”

13दावीदले सन्दुकलाई दावीदको सहरमा आफूसँग लगेनन्, बरु तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।

14परमेश्‍वरको सन्दुक ओबेद-एदोमकहाँ तीन महिनासम्म रह्‍यो। याहवेहले तिनको घराना र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath